युनिटी टोल सुधार समिति ब्यापी ब्याडमीन्टन टुर्नामेन्ट हुने

0
6

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नम्वर ६ युनिटी टोल सुधार समितिको आयोजनामा टोलको आन्तरिक ब्याडमीन्टन टुर्नामेन्ट हुने भएको छ ।
आगामी असार २६ र २७ गते प्रथम युनिटी ब्यापी ब्याडमीन्टन टुर्नामेन्ट हुन लागेको टोल सुधार समितिका अध्यक्ष लालवहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोविड १९ का कारण देश भर लकडाउन भएपनि हामीले समुदाय भित्र नै सामाजिक दुरी कायम गर्दै टुर्नामेन्ट गर्न लागेको जानकारी दिनुभएको छ ।
प्रतियोगितामा १२ वटा आन्तरिक टिम हुने समितिले जानकारी दिएको छ ।
जोडीमा खेलिने उक्त खेलको प्रायोजक पावर एण्ड लाईटिङ सोलुसन प्रालीको विशाल ब्राण्डका एलइडीले गर्ने भएको छ । बन्दाबन्दीले गर्दा मानसिक तनावबाट गुज्रीरहेका समुदायका सदस्यहरुलाई शारीरिक तन्दुरुस्त बनाउँदै उनीहरुलाई रोग सँग लड्ने क्षमता बृद्दि होस् भन्दै आफूहरुले उक्त खेलको प्रायोजन गरेको विशाल ब्राण्डका प्रवन्ध निर्देशक राकेश मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार आफूहरुले उक्त खेलका मार्फत समाजमा सामाजिक दुरी कायम राख्दै मानसिक तनावलाई अन्त गर्ने प्रयास मात्र गरेको जानरकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्धितिय तथा तृतिय हुनेलाई शिल्ड प्रमाणपत्र बाट सम्मान गरिने समाजसेवी वी.वी तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार खेलको माध्यबाट आफूहरु स्वस्थ्थ रहँदै कोरोनाबाट बाँच्न र बचाउन यनिटीबासीलाई विभिन्न कार्यक्रम गर्दै आएको समेत जानकारी दिनुभयो ।
खेल टोल सुधार समितिको आन्तरिक खेल मैदानमा हुने छ ।

Loading...
SHARE
Previous articleहावाबाट पनि कोरोना भाइरस सर्ने !