राजाको जन्मोत्सवामा भक्तपुरको पाँचतलेमा राप्रपाको दिपप्रज्वलन

0
0

भक्तपुर । पूर्व राजा ज्ञानेन्द्र विरविक्रम शाहको जन्मोत्सवका अवसरमा भक्तपुरमा दिप प्रज्वलन गरिएको छ ।
राप्रपा भक्तपुर नगर समितिको आयोजनामा पाँचतले मन्दिरको डवलीमा अपार जनमासका साथ दिप प्रज्वलन गरिएको हो ।


राप्रपा केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्यहरु रामेश्वर थापा, गोमा दाहल , उत्तम गिरी, रविकृष्ण श्रेष्ठ लगायत जिल्ला अध्यक्ष रामशरण लामिछाने, युथ भोलेन्टीयरका केन्द्रिय अध्यक्ष राजेन्द्र लाखा, भक्तपुर नगर अध्यक्ष बद्री लाखाजु, युथ भोलेन्टीयर जिल्ला उपाध्यक्ष रोशन नापित लगायत भक्तपुरका अन्य नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।


कार्यक्रममा केन्द्रिय सदस्य रविन्द्र प्रताप शाहले राजाविनाको प्रजातन्त्र कदापी नटिक्ने बताउँदै राजा पुनस्थापना नभए देशले ठूलो नोक्सानी ब्यहार्नुपर्ने बताउनुभएको थियो । उहाँले भन्नुभयो राजालाई जती देशको माया अरुलाई हुँदैन भन्ने राजा ज्ञानेन्द्रको ब्यवहारले नै प्रस्ट भएको छ । हाल सम्म राजा हटाएको इतिहाँस हेर्ने हो भने कि उ मारिएको छन् कि विदेश पलायन हुन् बाध्य भएका छन् तर नेपालका राजा भने न विदेश पलायन भए न कसैलाई बाटो छेकेर बसे उनले त लौ तिमीहरुले पनि हेर न त भनेर सत्ता दिएका छन् । तर राजाबाट बक्स पाएको उक्त सत्तालाई कमाई खाने भाँडोका रुपमा मात्र प्रयोग भएको उहाँको आरोप रहेको छ ।


यस्तै कार्यक्रममा अर्का केन्द्रिय सदस्य रामेश्वर थापाले राजा हटाएर आफै राजा बन्न तम्सेका ठूला दलका नेताहरुले देश नै बेच्न सक्ने बताउनुभयो । उहाँले राजा हटायौं भन्नेहरुले यो विर्से कि राजा हटाइए कि आफै छाडेर गए भन्ने हेक्का राख्नु पर्छ । राजाले सत्ता आफैले छोडेर गएका हुन् कुनै दिन पक्का आउने छन् । अहिले पनि राजाका पक्षमा अपार जनमत आउने डरले सत्ताधारीहरु राजाले खाएको नाचेको र बाटोमा हिडेको देख्दा पनि डराउने गरेको उहाँले बताउनुभयो ।


यस्तै कार्यक्रममा युथ भोलेन्टीयर केन्द्रिय अध्यक्ष राजेन्द्र लाखाले राजा फर्कनुको विकल्प नभएको बताउनुभएको थियो ।
यस्तै युथ भोलेन्टीयर जिल्ला उपाध्यक्ष रोशन नापितले राजा फिर्ता ल्याउन युवाहरुनै अगाडी लाग्नु पर्ने बताउनुभएको थियो ।
राजाको जन्मोत्सबका अवसरका भएको उक्त दिप प्रज्वलन कार्यक्रम राप्रपा चाँगुनारायण अध्यक्ष धनवहादुर लामाले संचालन गर्नुभएको थियो भने दिप प्रज्वलनमा स्वतन्त्र रुपमा सयौंका सहभागिता रहेको थियो ।

Loading...
SHARE
Previous articleभक्तपुरको सल्लाघारी, चाँगु, दधिकोट गरि चारमा कोरोना