गायक प्रबिन शाहिको नयाँ गीत “भुलाउन खोज्छु” सार्वजनिक

0
0

भक्तपुर। गायक प्रबिन शाहिको नयाँ गीत “भुलाउन खोज्छु” सार्वजनिक भएको छ । गीत सङ्गीत सृजना, गायन र साङ्गीतिक बिकाशमा लामो समय देखि लाग्दै आएका गायक प्रबिन शाहिले आफ्नै यु-ट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक भएको हो। गायक प्रबिन भक्तपुर साङ्गीतिक समाजका अध्यक्ष पनि हुन। “भुलाउन खोज्छु ” गीतका सङ्गीतकार प्रमोद परियार दार्जलिङ्गबाट गीत सङ्गीतका लागि नेपाल आएका हुन। यस गीतमा प्रमोदकै आफ़्नै शब्द रचना रहेको छ। “भुलाउन खोज्छु ” बोलको गीत प्रेम र बिछोड सङ्ग सम्बन्धित रहेको छ भने गीतको भिडियो मार्फ़त “आत्महत्या समस्याको समाधान होइन ” भन्ने सन्देश प्रवाह गर्न खोजिएको छ। यस गीतमा एरेन्ज, मिक्सिङ्ग सङ्गीतकार प्रमोद परियारको रहेको छ भने गीटार बादनमा सबिन कोइराला र सङ्गीतकार स्वयमको पनि रहेको छ । यस्तै गरि यो गीतको रिकर्डिङ्ग पुराना रिकर्डिष्ट सञ्जय श्रेष्ठले गर्नु भएको हो । “रक पप ” शैलिमा गीत गाउन इच्छा राख्ने गायक र सोहि बिधामा दक्षता भएको सङ्गीतकार प्रमोद परियार बिचको यो “टिम वर्क” जमेको छ। गायक प्रबिन र सङ्गीतकार प्रमोदको यो तेश्रो गीती सहकार्य पनि हो । यसअघि गायक प्रबिन शाहिको गीतहरु “रक पप ” बिधाको “आज सबै” बोलको गीत र “पप ” बिधाको “चिनेको छैन” बोलको गीतमा सङ्गीत सम्योजनको काम पनि सङ्गीतकार प्रमोद परियारकै रहेको बताईएको छ ।

 

Loading...
SHARE
Previous articleक्वारेन्टिनमा यौन दुव्यवहारका ६२४ घटना