तिलक र वीवीले उचाले प्रथम युनिटी ब्याडमीन्टन टुर्नामेन्टको उपाधी

0
0

भक्तपुर । तिलक थापा र वी वी तामाङले प्रथम युनिटी ब्याडमीन्टन प्रतियोगिताको उपाधी उचालेका छन् ।
सूर्यविनायक नगरपालिका वडा नम्वर ६ युनिटी टोल सुधार समितिको आयोजनामा भएको उक्त प्रतियोगितामा पेमा लामा र मनोज घिसिङलाई पछी पार्दै उनीहरुले उपाधी जितेका हुन् ।
असार २६ गते शुक्रबार र २७ गते भएको प्रथम युनिटी ब्यापी ब्याडमीन्टन टुर्नामेन्टमा विजेता खेलाडीलाई ट्रफी र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

प्रतियोगिता समापन कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछ्वा, सूर्यविनायक नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रामेश्वर ध्वजु , राजेन्द्र खाती वडा सदस्य , वडा सदस्य सरला सुनुवार, समाजसेवी राजन काजी खाती, प्रायोजक राकेश मिश्र, समाजसेवी शशी लामा लगायतको उपस्थिती रहेको थियो ।
खेलको विकास हरेक टोलमा नहुने हो भने हामी स्वस्थ्थ हुन् नसक्ने कार्यक्रममा प्रमुख अथिती श्रीभक्त कासिछ्वाले बताउनुभएको थियो ।


कोरोना महामारीको समयमा पनि टोल भित्र आन्तरिक खेलको आयोजना गरेर आफू स्वस्थ्थ रहन गरिएको प्रतियोगिता सराहनीय भएको सूर्यविनायक नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रामेश्वर धुजुले बताउनुभयो । उहाँका अनुसार यस्ता इनडोर खेलका लागी नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रमको सभापतित्व टोल सुधार समितिका अध्यक्ष लालवहादुर श्रेष्ठले गर्नुभएको थियो ।
प्रतियोगितामा १२ वटा आन्तरिक टिम सहभागि रहेका थिए ।
जोडीमा खेलाइएको उक्त खेलको प्रायोजक पावर एण्ड लाईटिङ सोलुसन प्रालीको विशाल ब्राण्डका एलइडीले गरेको थियो ।
यस्तै खेलमा तृतिय भने पाल्देन लामा र समिर घिसिङ हुनुभएको थियो भने खेलमा सुरेस परियार, श्रृष्टी बस्नेत, गोविन्द्र श्रेष्ठ, लक्ष्मी कार्की,डेनिस लामा,तेज तामाङ, रविदास दोङ, भरत कार्की, विनोद घलङ (सुव्वा), कविन तामाङ, लाल वहादुर श्रेष्ठ, एस के लामा , विकल घिसिङ, राकेश मिश्र,नरेश वाइवा , पुनम चन्द्र गिरी, रिता पाख्रिन, रमेश सुनार लगायतको सहभागिता रहेको थियो ।

Loading...
SHARE
Previous articleकहिँ नभयकाे जात्रा थिमीमा, सार्वजनिक कार्यक्रममा सहभागी हुन शुल्क !