अयोध्या नेपालमै भएको प्रधानमन्त्रीले भनेपछि भारतीय मिडियामा बबन्डर

0
0
efg' hoGtLdf k|wfgdGqL cf]nL sf7df8f}F, @( c;f/ M b'O{ ;o ;ftf}F efg'eQm hoGtLsf cj;/df ;f]daf/ dbg e08f/L snf ;flxTo k|lti7fgn] k|wfgdGqL lgjf; afn'jf6f/df cfof]hgf u/]sf] sfo{qmddf k|wfgdGqL s]kL zdf{ cf]nLaf6 dGtJo . t:jL/M ;f} k|wfgdGqLsf] ;lrjfno, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या खडा गरेर नेपालको सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको अभिब्यक्ति दिए सँगै भारतिय मिडियामा भने बबन्डर नै आएको छ ।

भानुजयन्तीको अवसरमा मदनभण्डारी कला साहित्य प्रतिष्ठानले सोमबार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको स्पष्ट पारे ।

‘हामी अहिले पनि भ्रममा छौं हामीले भारतका राजकुमार रामलाई दियौं भनेर । तर, भारतका राजकुमारलाई होइन, सीता अयोध्याका रामलाई दिएका हौं । अयोध्या भनेको वीरगन्जभन्दा पश्चिमको गाउँ हो, जुन नेपालमा नै पर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

अयोध्या वीरगन्जको पश्चिमपट्टि ठोरीमा, वाल्मीकि आश्रम यही नेपालमा रहेको भन्दै प्रधानमन्त्री ओलीले दशरथबाट सन्तान नभएपछि पुष्टि यज्ञ लगाउने पण्डितजी रिडीको भएको भन्दै ओलीले भने, ‘दशरथका सन्तान राम पनि भारतीय हुँदै होइनन्, अयोध्या पनि भारतको होइन, नेपालको हो ।’

प्रधानमन्त्री ओलीले अयोध्या भारतले आफ्नो भनी दाबी गरेको ठाउँमा भएको भए त्यहाँका राजा विवाह गर्न जनकपुर कसरी आइपुगे भनेर प्रश्न गरे । ‘त्यसबेला टेलिफोन मोबाइललगायतका आधुनिक सञ्चार माध्यम केही थिएन त्यसैले नजिकै वरवधु खोजिन्थो र विवाह गरिन्थ्यो, टाढा पुग्ने काम हुँदैनथ्यो,’ प्रधानमन्त्री ओलीले भने ।

अयोध्या ठोरीमा भएका तर्कलाई पुष्टि गर्ने आधार दिँदै उनले भने, ‘रामले सीतालाई ९अहिले भनिँदै आएको० अयोध्याबाट त्यत्रो दिन लगाएर वाल्मीकि आश्रममा छोडेको होइन ।’

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ओलीले हिमवत्खण्डको भूगोल र संस्कृति व्यापक भएको बताए । प्रधानमन्त्री ओलीले नेपालीका आदिकवि भानुभक्त आचार्यले रामायणमा नेपाली लोकभाषाको प्रयोग गरी त्यसका माध्यमबाट मानिसलाई जोड्दै राष्ट्रियतालाई बलियो बनाएको बताए ।

उनले मिथिलाको जनकपुर ज्ञान केन्द्र रहेको र त्यतिबेला विद्वान् विदुषीबीच विमर्श गर्ने परम्परा रहेको उल्लेख गर्दै नारायणीको सुरम्य किनारमा वाल्मीकिको आश्रम हुनु, कोसी तटमा कौशिकी रहनु, आयुर्वेदका प्रणेता धन्वन्तरि र चरक यतैका हुनाले हिमवत्खण्ड नै ज्ञानभूमि तपोभूमि हो भन्ने स्पष्ट रहेको जनाए ।

Loading...
SHARE
Previous articleलोक सेवाका अधिकृतले छोरीको उत्तर आफैं लेखिदिए… पाँच वर्षसम्म बढुवा र ग्रेड वृद्धि रोक्काको तयारी