ख्वप कलेजबाट कोरोना कोषमा सात लाख जम्मा

0
0

भक्तपुर । ख्वप कलेज, ख्वप मावि र शारदा क्याम्पस माविले संयुक्त रुपमा कोरोना संक्रमण कोषमा सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं जम्मा गरिदिएका छन् । ख्वप कलेजका एक सय ६१ शिक्षक कर्मचारीहरुबाट पाच लाख तीन हजार नौ सय चार, ख्वप कलेजका ८२ जना शिक्षक कर्मचारीहरुबाट दुई लाख २५ हजार सात सय ५८ र शारदा क्याम्पस उच्च माविको एक एकजना शिक्षकबाट ६ हजार सात सय ३० रुपैयाँं गरी कुल सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं कोषमा जम्मा गरिएको हो । यी तीनवटै शैक्षिक संस्थाहरु भक्तपुर नगरपालिका वडा नं ६ चाँंगुरोड दोकाचा भक्तपुरमा एकैस्थानमा रहेका छन् ।
नेपाल सरकारले जारी गरेको निर्देशनअनुसार कार्यरत शिक्षक तथा कर्मचारीहरुको असार महिनाको मासिक पारिश्रमिकमा पारिश्रमिक कटी गरी कोरोना संक्रमण कोषमा जम्मा गरिएको कलेजले जनाएको छ । सहप्राध्यापकहरुको सात दिन, उपप्रध्यापक, पूर्णकालिन वी शिक्षक र अधिकृतस्तरका कर्मचारीहरुको पाँंच दिन, पूर्णकालिन सी र मासिक आधारका शिक्षकहरुको तीन दिन र सहायकस्तर तथा श्रेणीविहीन कर्मचारीहरुको तीन दिन गरेर कर्मचारीहरुको असार महिनाको मासिक पारिश्रमिक कटी गरी रकम जम्मा गरिदिएको कलेजले जनाएको छ ।
कलेजका प्राचार्य रुपक जोशीले यसअघि पनि विभिन्न समस्यामा कलेजका शिक्षक कर्मचारीहरुले यसरी नै सहयोग गर्दै आएको स्मरण गर्दै यो पटक पनि कोरोना कोषका लागि शिक्षकहरुले योगदान गरेको जनाए । तहअनुसार मर्का नपर्ने गरी सात दिनदेखि तीनदिनसम्मको तलब कटा गरी कोरोना कोषमा रकम जम्मा गरिदिएको उनले जनाए । सक्नेले सक्ने अनुसार माथिल्लो तहका सहप्राध्यापकहरुको सवैभन्दा वढी सात दिन र नसक्ने श्रेणीविहीनहरुको तीन दिनको मात्रै पारिश्रमिक कटा गरिएको उनले जनाए । मासिक पारिश्रमिक नभई कक्षा अनुसार पारिश्रमिक पाउने आंशिक शिक्षकहरुको कक्षा नभएकोले त्यस्ता शिक्षकहरुबाट पारिश्रमिक कटा नगरिएको उनले जानकारी गराए ।
यी कलेजहरुमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटै संकायमा दश जोड दईदेखि स्नाकोतर तहसम्म पढाई हुन्छ । पाँंचवटै संकायमा पढाई हुने सम्भवतत यो भक्तपुरको एउटै मात्रै मावि हो । यी कलेजहरुमा झण्डै देशभरिका विद्यार्थीहरु अध्ययनरत छन् ।

Loading...
SHARE
Previous articleऔपचारिकता मात्रै, घण्टाकर्ण र गाईजात्रा नमनाइने