बागमती भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

0
0

भक्तपुर । आज पनि देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, भोलिदेखि ८ गतेसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् । यसबाट हुन सक्ने सम्भावित बाढी, पहिरो र डुबान लगायत विपद् जोखिमबाट सतर्क रहन नागरिकमा आग्रह गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन सक्रिय भएको जेठ ३० देखि असार ३० गतेसम्म पहिरोका कारण धनजनको क्षति धेरै भएको स्पष्ट पार्दै अब आउने मनसुनका कारण बाढीसँंगै तराईका जिल्ला डुबान हुन सक्ने जनाएको छ ।

विपद्को पूर्वतयारी, उद्धार, उपचार, पुनर्उथान र राहत वितरणका सम्बन्धमा जानकारी दिँदै प्राधिकरणका कार्यकारी प्रमुख अधिकृत अनिल पोखरेलले मानवीय क्षति घटाउन सतर्क रहनु नै महत्वपूर्ण हुने बताए ।

जल तथा मौसम विज्ञान विभागलाई उद्धृत गर्दै उनले मनसुन न्यून चापीय रेखा अबको ३ दिनपछि दक्षिणबाट उत्तरतर्फ सक्रिय हुँदै जाने भएकाले पाँच दिनसम्म लगातार वर्षा हुने जानकारी दिए ।

Loading...
SHARE
Previous articleसाना तथा मझौला कर्जामा छुट : घर कर्जाको सीमा ६० प्रतिशत