भक्तपुरमा स्व.अरुण थापाको २१ औं स्मृति दिवस तथा सांङ्गीतिक श्रद्दाञ्जली सम्पन्न

0
34

भक्तपुर । गायक अरुण थापाको २१ औं पुण्यतिथिको अवसरमा भक्तपुरमा उहाँलाई गीतका मार्फत नै सम्झना गरिएको छ ।
विश्वभर कोरोना महामारीका विचमा पनि श्रदय गायक अरुण थापालाई भक्तपुर साँगीतिक समाज र शुभारम्भ द म्यूजिकल जर्नीको पहलमा उहाँका विभिन्न गीतहरु गुनगुनायर उहाँको सम्झना गरिएको हो ।
उक्त कार्यक्रममा गायकहरु रामहरी ताम्राकारले जति माया लाएपनि , नविन्द्रलाल कर्माचार्यले चोट के हो बेथा के हो , गंगाराम रञ्जीतकारले जति माया लाएपनि , प्रविण शाहीले दोष कसैलाई दिन चाहन्न , अञ्जना श्रेष्ठले म रोएपनि , सकुल अछामीले ऋतुहरुमा तिमी, गौतम श्रेष्ठले चोट के हो ब्यथा के हो , विनय कोजुले म रोएपनि , अभिश्री कसपालले लाग्न थाल्यो जीवनमा, रोशन द्यौभडेलले साँझको जुन सँगै र सर्व श्री कसपालले अरुण थापाका गीतहरु गाउनुभएको थियो ।
कार्यक्रममा वरिष्ठ गीतकार सुवास चन्द्र ढुंगेलले थापाको जीवनका विभिन्न पाटाहरुको विषयमा बताउनुभएको थियो । अरुण थापाका गीत र उहाँले गायकी साथै उहाँको जीवनमा भएका घटनाका विषयमा उहाँले प्रकाश पार्नुभएको थियो । सानो कुलतले गर्दा देशले राम्रो स्रस्टा नै गुमाउनुपरेको बताउँदै अरुण थापाको प्रेम तथा उनका गीतमा भएका बास्तविकताका विषयमा उहाँले प्रकाश पार्नु भएको थियो ।
कोरोना महामारिका विचमा पनि अरुण थापाका सम्झनामा भएको उक्त कार्यक्रमको प्रायोजन भने गुडवील कन्सल्ट्यान्टले गरेको थियो ।
हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै थापाको सम्झना गरिदै आएको भएपनि यो वर्ष भने दुधपाटी स्थित दि टिसा इनमा केही स्रस्टाहरुका माझ अनलाइन एवं टेलिभिजन मार्फत भर्चूवल माध्यमबाट उनको सम्झना गरिएको थियो ।
थापाका चोट के हो ब्यथा के हो म जस्तो…. , म रोएपनि ……, जती माया लएपनि लगायत दर्जनौं कालजयी गीतहरु रहेका छन् । उहाँको श्रवण पाँच गते क्यान्सरका कारण ४७ वर्षको उमेरमा नै निधन भएको थियो ।
कालजयी गीतका गायक एवं संगीतकार थापाका गीतमा हामी प्रेम र पीडा पाउन सक्छौं । कम मात्र गीत भएपनि उहाँका गीत आज पनि हरेक नेपालीको मन मस्तिष्कमा गुन्जिरहेको छ, उहाँ प्रति हार्दिक श्रद्दाञ्जली ।

Loading...