विद्यार्थी भर्ना र अन्य शैक्षिक गतिविधि भदौ १ बाट शुरू

0
0

काठमाडौं । सरकारले विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधि भदौ १ गतेदेखि शुरू हुनेगरी निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि शैक्षिक गतिविधि गर्न सकिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भदौ १ गतेदेखि विद्यार्थी भर्ना, परीक्षा र शैक्षिक गतिविधि भदौ १ गतेदेखि खुल्ने निर्णय गरेको बताए ।

शैक्षिक गतिविधि सुचारू हुने भनिएपनि विद्यालय, ट्युसन सेन्टरहरू भने अर्को निर्णय नहुने बेलासम्म खुल्ने छैनन् ।

त्यस्तै अन्तर्राष्ट्रिय खेलकूद, प्रशिक्षण पनि भदौ १ गतेदेखि नै शुरू हुन सक्नेछ । भदौ १ गतेदेखि नै सुरक्षा मापदण्ड पालना गर्ने गरी छोटो, मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन पनि चल्न सक्नेछन् ।

त्यस्तै भदौ १ बाट नै पर्यटन मन्त्रालयले तोकेको मापदण्डअनुसार हुने गरी आन्तरिक र अन्तर्राष्ट्रिय उडान पनि सुचारू हुनेछन् ।

Loading...
SHARE
Previous articleसाउन १५ बाट होटेल र रेस्टुरेन्ट खुला, पार्टी भने गर्न नपाइने