लेखराज भट्टलाई आक्रोसको खुला पत्र, आफूले खायको थालमा नथुक्नुहास् कमरेड

0
0

भक्तपुर ।
आदारणिय लेखराज भट्ट कमरेड ,अभिबादन म तपाईको होनाहार कार्यकर्ता हिजो तपाईले मर भन्दा मर्न तयार भयौ ,लड भन्दा लड्न तयार भयौ यसै गरि तपाईं नेतालाई बचाउन र अहिलेको यो परिबर्तनको निम्ति हजारौ हजार ले बलिदानी दिन तयार भए तर आज त्यो बलिदानीलाई तपाईं जस्तो नेताले सबै चिज बिर्सियर पद र सत्ताको लागि आफै नै सर्बेसर्वा ठान्नु भयो है हामी युवाले पछिल्लो राजनीतिक घटना क्रमलाई नजिकबाट हर्दै गर्दा तपाईंको अनेकौ बिचारहरू पनि सुन्न र देख्न पाईयो तर मलाई हिजो सम्म त आदारणिय भन्न मन लागेको थियो तर आजबाट तपाईं पनि आफुले खाएको थालमा थुक्न थालेको देख्दा कता कता दया पनि लाग्छ कता कता शक्तिको पछाडी दगुर्ने सत्तासिन भै रहन मन लाग्ने आफु बसेको घरमा डडेलो लगाउन र खरानी भएको हेर्न मनपराउने एउटा अधभुत कला भएको मनुष्य जस्तै लाग्न थाल्यो । फेरि कमरेड तपाई घरलाई बिर्सिदै नयाँ बिद्दाआश्रमको खोजिमा लागेको जस्तो लाग्यो मिलाएर जानू होला र घर फर्कन मिल्ने गरि बाटो नभत्काई जानू होला फेरि फर्कनु पर्यो र बा आमाको न्यार्सो लाग्यो भने तपाईं कुशे औंसीको छेक्को पारेर घर बोलाउनु पर्छ ।
तेसैले तपाईं जस्तो नेताले राजनीति लाईन खोजेर जाने भन्दा नि घर बलियो बनाउने तिर लाग्नुस कमरेड अनि मिडियाबाजी गरेर घरमा धुर्की लगाएको हो भने घरमा अझै ठाउँ छ सबै कुरा छोडेर घर बनाउन आउनु होला एउटा कार्यकर्ताको हैशियतले तपाईलाई सुझाब छ । होईन भने घर नै छोड्ने हो भने दुईटा डुङ्गामा खुट्टा नराख्नु दुर्घटना हुन् सक्छ बेलैमा होस पुर्याउदा नै बेस होला आगे तपाईंको मर्जी , उहीँ तपाईको कार्यकर्ता भक्तपुर, साविक वाई सी एल नेपाल भक्तपुर जिल्ला अध्यक्ष,हाल राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्य दिनेश थपलिया “आक्रोस”

Loading...
SHARE
Previous articleअरुण र राजेश भक्तपुरका मात्र हैनन् मुलुककै हिरो हुन्