गजल: कानुन

0
0

साँग्रीस मानन्धर मोती

साच्चै हो रहेछ झुपडिमा खोलेमा हाल्न नुन छैन
गरिब जनतालाई सुहाउने यो देशमा कानुन छैन

महलमा कहि घुसले पाकेको चौरासि ब्यञ्जन् छ
यहाँ आटो ढिडोसँग खानलाई नुनिलो तिहुन छैन

कालो धन पहेलिएर भ्रष्टचार झकमकाएका छन्
गरिवलाइ मर्दा सुनपानि खुवाउने टुक्रो सुन छैन

सधैभरिको अन्धकार छ मन देखि तन सम्म यहाँ
यथार्थ दुखि दरिद्रलाई पुर्णेको उज्यालो जुन छैन

सोझा जनता हामी, हामीले दिएको यहाँ गुन छैन
साच्चै सोझासाझालाइ दिने त देशमा कानुन छैन।।।

क्याक्मी हटिया हरिनास ६ स्याङ्जा

Loading...
SHARE
Previous articleलेखराज भट्टलाई आक्रोसको खुला पत्र, आफूले खायको थालमा नथुक्नुहास् कमरेड