श्याम लामा योञ्जनका तीन गजलहरू,

0
0

हाल मा रहनुभएका श्याम लामा याेञ्जनका गजलहरू यस्ता छन् ।

मुस्कुराउनुस् हजुर मुस्कुराउनुस् पैसा लाग्दैन
मुस्कानले जिन्दगानी सजाउनुस् पैसा लाग्दैन ।

यो मेरो मुटु त पाहुना घर जस्तै हो स्वागत छ
आउनुस्,बस्नुस्,बेफिक्री रमाउनुस् पैसा लाग्दैन ।

दुख पिंडा बिर्सेर पनि आफ्नालाई नसुनाउनु
बरु कोही परायालाई सुनाउनुस् पैसा लाग्दैन ।

कहिले बिछोड कहिले मिलन,जिन्दगीको चक्र हो
मनमा सान्त्वनाको मल्हम लगाउनुस् पैसा लाग्दैन ।

निस्ठुरिलाई नसम्झिनु, सम्झे घाउ बल्झिन्छ झनै
आफ्नै मन हो बुझिहाल्छ,सम्झाउनुस् पैसा लाग्दैन ।

 

यो बाढीले जति पहिरोले जति कसले गरेको छ ? ?
यति धेरै जिन्दगीहरुको क्षति कसले गरेको छ ? ?

एकै रातमा सिङ्गै बस्ती डुबाएर बिलिन बनाइदियो
सुन्दै अत्यासलाग्दो मान्छेको दुर्गति कसले गरेको छ ? ?

घर खेत सारा लान्छ, आफन्त लान्छ, तर दुख लादैँन
हेर्नुस त आज सम्म यस्तो ज्यादति कसले गरेको छ ? ?

गरीबको रोटी खोसेर,आफु टन्न खाने नेता जस्तो
भन तिमी सँग भ्रस्ट सहमति कसले गरेको छ ? ?

हामीले हाम्रै नामको जमिन माथि गरेका हौँ रजाइँ
भन लौ हडपेर तिम्रो सम्पति कसले गरेको छ ? ?

 

छिमेकी छ स्याङ्जाली जस्तो, झापाली जस्तो
हाम्रो शासक छ ठ्याक्कै जग्गा दलाली जस्तो ।

के भन्नु यो देशको ! आदिवासिहरु पनि
निरिह छन् दाेल्खाली जस्तो, कर्णाली जस्तो !

नाकामा जाँदैन, राजधानीमा धर्ना बस्छ
हामी पनि रहेछौ बोक्रे नेपाली जस्तो !!

किन सक्दैन उर्लिन ? जुटेर जनता
सिमानामा मेची अनि महाकाली जस्तो !!

ए सरकार अलिकती त ख्याल राख्ने गर्नुहोस्
हजुर नबन्नु यसरी अपुताली जस्तो !!

शीरमा टोपी लगाएर सगरमाथा जत्रो
कुरा गर्छौ सौदा बाजी गर्ने जाली जस्तो !!

© Shyam L Yonjan

Loading...
SHARE
Previous articleन्याय माग्न प्रहरी कार्यालय पुगेका पीडित नै थुनामा न्याय हराएकै हो त