एसिड पीडित कार्कीलाई नागार्जुन नगरपालिकाले रोजगार दिने

0
0

काठमाडौँ । नागार्जुन नगरपालिकाले एसिड युवतीलाई रोजगार दिने घोषणा गरेको छ । नागार्जुन नगरपालिकाका प्रमुख मोहोनबहादुर बस्नेतले एसीड पीडित युवती पीडित पवित्राको उपचार पछि रोजगार दिने घोषणा गर्नुभएको हो ।

सोमवार नगरप्रमुख मोहोनबहादुर बस्नेतले उचारार्थ एसीड पीडित पवित्रा कार्कीको स्वास्थ्य अवस्थाको अवलोकन गरी उपचारपछि कार्कीलाई नगरपालिकाले रोजगार दिने घोषणा गर्नुभयो । कार्कीको योग्यता र क्षमताका आधारमा उहाँलाई रोजगार दिने प्रमुख बस्नेतले स्पष्ट गर्नुभयो उहाँले
दोषिलाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गर्नुभएको छ । नगरपालिकाको वडा नं. ४ स्थित सीतापाइलामा गत विहिवार कार्कीलाई एसिड छ्यापीएको थियो ।

Loading...
SHARE
Previous articleसुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रणमा सरकार उदासिन