डा. अरुणा उप्रेतीलाई वैदिक सनातनी हिन्दु धर्म र नारी को महिमा थाहा नभयको होकि ?

0
7

शुभम परियार हिन्दु जागरण नेपाल

काठमाडौ शहर, मार्बल र चिप्स घोटेका ठूला आलिशान महल। त्यहि महल सजाउन र आफ्नो सेवा गर्न दुरदराजबाट ल्याइएका बालिकाहरु र महिला घरेलु कामदारहरु। त्यो महलबाट दैलोकै संघारमा ड्राइभर सहित कुरीरहेको चिल्लो गाडी अनि छुँदा पनि दाग लाग्ने निक्खर सेतो या रंगीचंगी बस्त्रमा सजिएर कानमा महँगो फोनलाई दाहिने हातले थिच्दै महिला उत्पिडनको आवाज उठाउन बैठकको तैयारीको निर्देशन दिँदै आफ्नो ह्यान्ड्ब्याग देब्रे हातले फुत्त कारभित्र फाल्दै ड्राइभरलाई जाउँको इशारा दिने महिलावदिहरुको कमि छैन हाम्रो समाजमा।

त्यसमाथी पनि आफ्ना किट्टि पार्टिका संगीनिहरुलाई मात्र नारी देख्ने र उनिहरु कै ब्यथालाई मात्र समस्टिगत रुपमा जेनेरलाइज गरेर सिद्धान्त प्रतिपादन गर्ने महिलाबादिको पनि कमि छैन यहाँ।अझ भनौं टाउको माथी कालो चस्मा राखेर औंलाभरी सुनका औंठि र गलामा सुनको सिक्रीले सुसज्जित भएर भाषण गर्दा साह्रै लोभलाग्दो हुने। विवाहपछी सिंदुर, चुरा, पोते, टीका या श्रृङ्गार अनिवार्य होइन तर भाषण सुन्नेले महिलाबादिहरुको जस्तै पोते फ्यालेर सिक्री लगाउने रहर त गर्लान् तर औकात सबैको नहोला पनि। तपाईहरुको जस्तो पाइन्ट र टिसर्ट लगाएर मेलापात गर्ने अवस्था पनि नहोला। यहाँबाट महिला हक र अधिकारको बिषयमा घोक्रो फुल्ने गरि चिच्याए पनि ती कुना कन्दराका नारीले कसरी सुनुन? न त हातमा फोन छ न फुर्सद। अनि कसरी बुझुन?शहरमा त सजिलो छ केही जनसंख्या बाहेक सबै लचिलो छन्। लिभिङ टुगेदर पनि चलेकै छ एबोर्सन पनि भएकै छ। घरेलु हिंसा नै नभए पनि बिचार नमिलेको स्थितिमा समझदारी मै पारपाचुके पनि भएकै छ। यो सहजतालाई अबिकसित क्षेत्रका नारीहरुसम्म कसरी पुर्याउन सकिन्छ?

यति भन्दै गर्दा मलाई डा अरुणा उप्रेतीको अनलाइन मार्फत हिन्दु जागरण नेपाललाई लेखिएको पत्रको सम्झना भयो। हिन्दु जागरण नेपालले के गर्यो के गरेन भनेर प्रश्न तेर्स्याउदा हिन्दुहरुले मान्ने तीजमा तपाइँ लगायतकालाई आपत्तिको मुल जरो मैले खोज्न बाध्य भए। डा अरुणा उप्रेती, तपाईं एक सफल र सक्षम महिला हुनुहोला तर ती नारीहररुतिर पनि नजर लगाउनुहोला जसको जिन्दगी मेलापात र घरधन्दा मै बित्ने गरेको छ। हामी या भनौ सनातनी हिन्दुको चाडपर्वमा कुसंस्कार देख्नेले कुसंस्कार भित्र्याएको कसले भनेर बादबिबाद गरौं एकपल्ट। डा साप! महिनौ अघिदेखी पुर्ण रुपमा ढाड देखिने ब्लाउज महँगो साडी र धान्नै नसकिने मेक-अप अनि सकिनसकी दुई चार जनालाई देखाउनै भएपनि सुनैसुनले भरिएर भुँडी फुट्ने गरी दर भन्दै माछा-मासु खादै मदिराको ग्लास ठोक्काउदै कानको जाली फुट्ने गरि उफर घन्क्याएर नो व्रत प्लिज भन्ने सोफिया थापाको गीतमा नाच्ने कुसंस्कारको बिरोध तपाईले किन गर्नुहुन्न? यो बिकृती पक्कै पनि शहर कै कथित ठुलाठालुले भित्र्याएकोमा दुई मत छैन।गाउँघरतिरका सोझा साझा नारीहरु कर्मघरमा बर्षभरी दुख खेपेर कामको चापले हाडछाला भएका, जस्तै दुखमा पनि सन्तानको र परिवारको लागी रहरले होइन बाध्यताले आफ्नो जिम्दगी लतारीरहेका महिलाहरु जो बर्षमा एक दिन आउने हरितालिका तीजमा जन्मघर टेकेर साथीसंगी भेला भएर बर्षमा एक जोर माइतिले दिएको नँया फरिया बेरेर आमाको हातको खोलेलाई अमृत र काखलाई स्वर्ग मानेर जिन्दगीभरको दुख बिर्साउने चाडलाई कसरी बहिष्कार गरौं भनेर उनिहरुको अधिकार हनन गर्न मिल्छ? तीज अबदेखी नमनाउने तिमीहरू कर्मघर मै छटपटिएर मर भन्न सकिन्छ? श्रीमानको प्रेम होस् या गाली परिवारबाट पाएको मान या तिरस्कार यी सबैलाई आत्मबृतान्त बनाएर आफ्नाको माझमा पोख्ने चाड हो तीज। तीजको महत्व समाप्त भएपछी उनिहरु आफ्नो पीडा र बेदना, खुसी र सुख पोख्न महिला आयोग धाउनुपर्ने हो? यसको उत्तर कसले दिने?

शहरमा बसेर चिच्याएर मेरा महिला साथिहरु करकापमा तीजको व्रत बसेका छन् भन्नुहुन्छ भने ती नारीहरुलाई तीजको सामाजिक मूल्य मान्यता र यसको आवश्यकता सोध्नुहोस जो बर्षको एकदिन दुख भुल्नको लागी माइती जान, एकसरो लुगा फेर्न अनि आफ्नी प्यारी ममतामयी आमाको हातबाट बनेको मीठो/ पिठो खान यो दिनको व्यग्र भएर प्रतीक्षा गर्छन्। तीजको ब्रतको महत्व ती दम्पतीलाई सोध्नुहोस जो बिच अथाह समर्पण र प्रेन छ र सयौ जुनिसम्म एकाअर्काको हुन संगै व्रत बस्छन्। चाहे तपाईको लागि अन्धबिश्वास होस् तर उनिरुको लागी आस्था र बिश्वास हो। तीजको व्रत श्रीमतिले मात्र होइन श्रीमानले पनि बस्छन् र म यो कदापी पनि भन्दिन कि महिलाले मात्र शिव जस्तो वर पाउनुपर्छ; पुरुषले पनि पार्बती जस्तै श्रीमती पाउनुपर्छ अनि मात्र घर स्वर्ग बन्छ। हाम्रो समाजमा तीजमा पुरुषले पनि व्रत बस्छन्। जसरी भगवान शिव जस्तो वर पाउन सजिलो छैन तेसैगरी माता पार्बती जस्ती श्रीमती पाउन पनि सजिलो चाहिँ छैन।

महिला हिंसा, बलात्कार, यौन शोषण, शारीरिक तथा मानसिक उत्पिडनको जरो पितृसत्तात्मक पक्ष देख्नुहुन्छ र यसको बिरोध गर्नुहुन्छ भने फेरि एउटा रिभोलुसन किन नगर्ने? महिलाको बारेमा बोल्दै गर्दा र अधिकारको विश्लेषण गर्दागर्दै तपाईजस्ता महिलाबादिहरुले बिवाह एक कुसंस्कार हो भनेर किन घोषणा गर्नुहुन्न? महिलाहरु हक र अधिकारबाट बन्चित हुनु भनेको सबैभन्दा ठूलो कारण बिवाह हो। जब पहिलो सन्तान छोरी हुन्छ तब नाक खुम्च्याउनेको कमी हुँदैन। फेरि दोस्रो सन्तान छोरा नै होस् भन्ने चाहना शिक्षित बर्गमा पनि छैन र? नयाँ कानुन बनाऔं । जति आज पुरुषले गर्दै आएका छन ती सबै हामीले गरौं अब। पितृसत्तात्मक पर्खाल भत्काएर मातृसत्तात्मक बनाउ। दुलही होइन दुलाहा भित्र्याउने नियम लेखौ। आमाबाबुको सम्पत्तिमा छोरीको एकाधिकार राखौं, छोरीको बिवाह गराएर ज्वाईं भित्र्याऔं र छोरालाई डोलिमा राखेर अन्माऔं। छोरा र ज्वाईंले दुर्गेश थापाजस्तै सारी र ब्लाउज लगाउन बाध्य किन नबनाउने यदि दुर्गेश थापा ठिक छ भने? किन छोरा र छोरी जन्मे देखि नै फरक पहिरन? छोरालाई पनि छोरीजस्तै फ्रक लगाइदिएर हुर्काउन मिल्दैन र? असम्भव के छ? तपाईका पनि छोराछोरी नाति नातिनी होलान्। नातिलाई पनि घाघर र फ्रक लगाइदिए हुँदैन र?अरुबाट होइन तपाईंबाटै शुरु गरौं। गर्भधान पनि पुरुषबाटै हुने बिज्ञानलाई आत्मसा

गरौं र महिलालाई सम्पुर्ण बन्धनबाट मुक्त गरौं। तीजको व्रत ज्वाईंले राख्ने सम्बिधानमा लेखौ। यति गर्यो भने महिलाको हक अधिकार र स्वतन्त्रता रहनेछ र समाजले नयाँ काचुली फेर्नेछ।

डा साप के यो मुभमेन्ट तपाईको घरबाट सम्भव छ? यो मेरो प्रष्न तपाईलाई। छोरा भएपनी छोरीलाई आफ्नो म्रुत्युपश्चात दागबत्ती दिने अधिकार दिने कि नदिने? या यी ब्रतमा कुसंस्कार देख्नेले समाजले के भन्छ भन्ने डरले दागबत्ती छोरालाई दिन लगाएका हुन्? मेरो जिज्ञासा मात्र हो यो। अगुवाले देखाएको बाटो हिड्छौ हामी यदि तपाईले यस्तो गर्न सक्नुभयो भने। तपाईले धार्मिक पाटोमा प्रहार गर्नुभयो मैले सामाजिक स्थितिको विश्लेषण गरे। देख्ने कुरो एउतै हो तर बुझ्ने र इन्टर्प्रेट गर्ने चाहिँ फरक खुबी हो।
आशा छ र्याडिकल फेमिनिस्ट भएअनुसार तपाईंले मातृसत्तात्मक समाज निर्माणमा हामीलाई पनि निमन्त्रणा पठाउनुहुनेछ र एक्स्ट्रेमिस्ट भएर यो मुद्दा अगाडि बढाउनुहुनेछ।

र यो नसोच्नुहोला नास्तिक हिन्दु ज्यु कि म पितृसत्तात्मक सोचको वकालत गर्दैछु। म पनि समाज सुधार कै पक्षमा छु तर कसैको संस्कृतिमाथी आघात पुर्याएर होइन। तपाईं पनि तिनै नागरिकमा पर्नुहुन्छ जो नकारात्मक कुराहरु त देख्छन् र बोल्छन् पनि तर त्यसलाई सकारात्मक बनाउन समाधानको कुनै पहल गर्नुहुन्न। कम्प्लेन बक्स बनेर हिसाबकिताब त खोज्नुभयो तर सजेस्टिभ बक्स भएर सोलुसन बक्स बन्न सक्नुभएन।

Loading...
SHARE
Previous articleमहाबौद्धका ६ जनामा कोरोना पुष्टि,६० पसल सिल