भक्तपुरमा लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

0
0

भक्तपुर । लागुऔषध मुद्दाका फरार रहेका एक जनालाई भक्तपुर प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–२, ब्यासी बस्ने २५ वर्षीय किरण ब्यान्जु रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

परिसरका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार लागुऔषध मुद्दामा भक्तपुर जिल्ला अदालतबाट मिति २०७४ चैत्र १८ गते १ बर्ष ९ महिना २६ दिन कैद र एक लाख एक हजार ५ सय जरिवाना फैसला सुनाएको थियो । तर उनी फरार रहेका थिए ।

ब्यान्जुलाई भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागी केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौं पठाईएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

Loading...
SHARE
Previous articleउपत्यकामा एकैदिन ६१ जनालाई कोरोना, लक्षणसहितका संक्रमित बढ्दाे