क्रसर आगजनीको आरोपमा नेकपा सदस्य सन्तोष राई पक्राउ

0
0

नुवाकोट । लिखु गाउँपालिका अन्तर्गत क्षेत्रपाल क्रसर उद्योगमा आगजनी गर्ने सन्तोष राई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
शैलेस श्रेष्ठ र सन्तोष श्रेष्ठले संचालन गर्दै आएको क्रसरमा असार ३१ गते राती राई समूहले हातहतियार सहित आक्रमण गरी क्रसरमा आगजनी समेत गरेका थिए ।
नेकपा खेलकुद विभागका सदस्य समेत रहेका रईका समूहले सत्ता र शक्तीको आडमा अन्य केही अराजक तत्वसहित क्रसरमा आक्रमण गरेका थिए ।
मध्य रातमा आफैले आक्रमण गरी क्रसर आगजनी गरी फरार रहेका उनीहरुले नै सत्ताको शक्तीका भरमा क्रसर संचालकले नै आफूहरुमाथी आक्रमण गरेको भन्दै झुटो मुद्दा समेत दर्ता गराएका थिए । सोही आरोप अनुरुप नै क्रसर संचालक शैलेर र सन्तोष हाल सम्म पनि थुनामा नै रहेका छन् ।
असार ३१ रातमा राई समूहले क्रसरमा आगजनी गर्नुका साथै कार्यालय तोडफोड गदै क्रसर सँगै पार्क गरी राखेको हाइलक्स गाडी, जेसिवी मेसिन स्काईभेटर र टिफरमा तोडफोड गर्दै आगजनी गरेको थिए ।
उक्त आक्रमणका मुख्य योजनाकार भोजेन्द्र मल्ल ठकुरी लगाएत अन्य भने हाल सम्म पनि फरार रहेका छन् । भोजेन्द्र मल्लसँगै , गोविन्द राई ,अर्का सन्तोष राई, बासु राई, दिपेन्द्र राई, सागर राई
अझै फरार रहेका छन् ।
क्रसरमा राखेको सिसिटिभी फुटेजमा पनि उनीहरुले क्रसरमा आक्रमण गरी आजगनी गरेको दृष्य कैद भएको प्रमाण हुँदा हुँदै पनि प्रहरीले भने हाल सम्म पनि अन्यलाई पक्राउ गर्न कुनै चासो नदिएको देखिन्छ ।
सत्तामा रहेका नेकपा सदस्यहरुले नै आक्रमण गरेका कारण प्रशासनले उनीहरुलाई कारवाहीको कुनै प्रक्रिया नै अगाडी नबढाएको क्रसर संचालक बताउँछन् । उनीहरुका अनुसार आफूहरुलाई विना कारण १६ दिन देखि थुनामा राखिएको छ । आफ्नो करोडौंको घाटा लागेको छ तर सत्ता र पैसाका भरमा आफ्नो उद्योगमा आक्रमण गर्नेहरुलाई समेत भगाउँदै अनुसन्धान नै नगरी प्रहरीले आफूहरुमाथी अन्याय गरेको उनीहरु बताउँछन् ।

Loading...
SHARE
Previous articleभक्तपुरकाे ताथलीबाट ३ लाख नगद सहित ९ जुवाडे पक्राउ