भक्तपुरका एक जना सहित ३१५ मा काेराेना

0
0

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज कैलालीका ९८, बझाङका ६८, पर्साका ६६, अछामका २८, इलामका २२, कञ्चनपुरका ९ र सप्तरीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, काठमाडौं र सिराहाका ५/५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, भक्तपुर, कास्की र सल्यानका एक/एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Loading...
SHARE
Previous articleरगत अभाव हुन् नदिन डोलेश्वरमा रक्तदान सम्पन्न