रगत अभाव हुन् नदिन डोलेश्वरमा रक्तदान सम्पन्न

0
0

भक्तपुर । कोभिड–१९ महामारीका कारण रगत अभाव नहोस् भन्दै केदारनाथको शिर डोलेश्वर मन्दिरमा आयोजना गरिएको रक्तदानमा शनिवार १९ जनाले रक्तदान गरेका छन् ।

मन्दिर परिसरमा तौडोल छाप बचत तथा ऋण सहकारी संस्था लि। र तौडोल छाप सामुदायिक वन उपभोक्ता समूह सिपाडोलको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाईटी सिपाडोल उपशाखा र केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको समन्वयमा रक्तदान कार्यक्रम भएको हो ।

रक्तदान कार्यक्रममा ६ जना महिला र १३ जना पुरुषले रक्तदान गरेको तौडोल छाप साकोसका सचिव दिपेन्द्र कुमार थापाले संवाहकलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार डोलेश्वरमा सोमबार र शनिवार नियमित रुपमा नै रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ ।

Loading...
SHARE
Previous articleभक्तपुरमा एक हजार तीन सय मतदाता थप