राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

0
0

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ।  राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

श्वासप्रश्वासमा समस्या देखिएपछि विगत चार महिनादेखि उनलाई अक्सिजन दिएर घरमै उपचार गरिराखिएको थियो। राष्ट्रकवि घिमिरेको जन्म वि‍सं‍ १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो।

घिमिरेले कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद, लेख, प्रबन्धलगायतका क्षेत्रमा कलम चलाउनुभएको छ । तीमध्ये राष्ट्रकवि घिमिरेका गौरी शोक काव्य सबैभन्दा चर्चित छ ।उहाँका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता सङ्ग्रह प्रकाशित छन् । स्वच्छन्दतावादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’ जस्ता कैयौँ राष्ट्रिय भावका गीत तथा कविताहरू लोकप्रिय छन् ।  घिमिरे प्रति भावपुर्ण श्रध्दाञ्जलि !!

Loading...
SHARE
Previous articleभक्तपुरकाे २९ स्थान शिल, दुई संक्रमित सम्पर्क विहिन