कोरोना सँग सँगै डेंगुको जोखिम बढयो लक्षण के र बच्ने उपाय (भिडियो सहित)

0
0

भक्तपुर । कोरोना महामारीले चरम रुप लिएको समयमा मौसम परिवर्तन सँगै डेंगुको जोखिम पनि बढेको छ ।
लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो, डेंगु ज्वरो । यो रोग डेंगु भाइरसको संक्रमणबाट लाग्ने गर्दछ ।

डेंगु विषाणुद्धारा संक्रमित एडिज एजिष्टाई जातको पोथी लामखुट्टेबाट सर्दछ । डेंगुका कारण वर्षेनी विश्वभर करोडौं मानिस संक्रमित हुने गर्दछन् । र अधिकांशले आफ्नो ज्यान समेत गुमाउने गर्छन् ।
यसका लक्षण के त ?
– डेंगु भएमा एक्कासी उच्च ज्वरो आउने गर्दछ । यो नै डेंगुको मुख्य लक्षण हो ।
– डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन्छ ।
– डेंगु भएमा बेस्सरी टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने हुन्छ ।
– शरिरमा विमिरा आउने, हाडजोर्नी तथा मांसपेशीहरु दुख्नु पनि डेंगुको लक्षण हो ।
– डेंगु हुदाँ वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने हुन्छ ।
– यसको संक्रमण भएमा नाक वा गीजाबाट रगत बग्ने, रक्तश्राब हुने लक्षण देखा पर्दछ ।
– शरीरमा निल डाम देखा पर्ने, बेहोस हुनु आदी लगायतका लक्षण पनि डेंगुको लक्षण हो ।

सर्तकता
डेंगु सार्ने लामखुट्टेले सफा पानीमा फुल पार्दछ । यसको पोथी लामखुट्टेले पानी जम्ने खाली ड्रम, छतमा राखिएका गमला, टिनका डब्बा, टायर, ट्यूवेल लगयतका स्थानमा फुल पार्दछ । अधिकाशं यी लामखुट्टेले दिउसो मात्र टोक्ने गर्दछन् । तसर्थ लामो बाहुला भएका कपडा लगाउने, दिउसो सुत्दा पनि झुलभित्र मात्र सुत्ने, लामखुट्टे भगाउने धुप, मल्हम वा लिक्विडको प्रयोग गर्नु पर्दछ । साथै यो लामखुट्टेले विहान घाम लागेको दुई घण्टा र साँझ घाम अस्ताउनु भन्दा दुई घण्टा अगाडी टोक्नु अझ खतरा हो ।

कसरी बच्ने
डेंगु ज्वरोविरुद्ध अहिलेसम्म कुनै खोपको विकस नभएकोले डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै सबैभन्दा उत्तम विकल्प हो ।

यसको टोकाईबाट बच्न घर, आगन, घर आसपासका पानी जम्ने भाडाहरु सफा गर्नु पर्दछ । साथै घरवरीपरी सकेसम्म पानि जम्न दिनुहुदैन, आसपासका ढल, पोखरी आदिमा नियमित सरसफाई गर्नु पर्दछ ।

Loading...
SHARE
Previous articleकोरोना माहामारी बढेसँगै नौला ट्राफिक चोक चोकमा