विकास र समृद्धिको बहस नेपालका लागि नौलो होइन

0
31
धुर्वराज लुईटेल हिन्दु जागरण नेपाल स्वयमसेवक

विकास र समृद्धिको बहस नेपालका लागि नौलो होइन । राणा शासनको अन्त्य पछि विसं २०१३ सालबाट सुरुत भएको योजनाबद्ध विकासको प्रयाससँगै नेपालमा विकासको बहस सुरु भएको हो । नेपाल सँगसँगै विकास प्रक्रियाको सुरुवात गरेका चीन, भारत, दक्षिण कोरियालगायतका देशहरूले विश्व अर्थतन्त्रमा प्रभुत्व जमाइसक्दा नेपाल भने विकासको नारामै सीमित छ ।
विकास र समृद्धिको मुख्य मियो राजनीति हो । राजनीतिक स्थिरता र स्वतन्त्रताविना विकास समावेशी र सबल हुँदैन । नेपालमा अर्थिक विकास र समृद्धिको प्रमुख बाधक राजतन्त्रलाई ठानियो । करिब २४० वर्षे शाहवंशीय इतिहासलाई अन्त्य गर्दै नेपाललाई गणतन्त्र घोषणा गरियो र हिन्दु रास्ट्र पनि समाप्त पारियो । गणतन्त्र घोषणा सँगसँगै लोकतन्त्र र समावेशी विकासको अभ्यास सुरु भयो । संविधान सभाबाट नेपालको संविधान जारी गरियो । संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धिलाई मुख्य लक्ष राखेर समाजवादउन्मुख लोकतान्त्रिक व्यवस्थालाई अवलम्बन गर्न खोजेको कहिँ कतै देखिदैन । झन्डै दुईतिहाइको बलियो र स्थिर सरकार बनेको छ । वर्तमान सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को मुख्य ध्येय राखेर अगाडि बढेको छ । बलियो र स्थिर सरकार बनेपछि जनतामा विकास र समृद्धिको भोक ज्यादै बढेर गएको छ । तर सरकारको कार्यशैलीले जनतामा सकरात्मक सन्देश प्रवाह गर्न सकेको देखिँदैन ।

हामीसँगै विकासको लय समातेको चीनले कृत्रिम चन्द्रमा बनाएर सडक बत्तीलाई प्रतिस्थापन गर्ने कुरो गर्दैछ । समुन्द्रमाथि विश्वकै सबैभन्दा लामो पुल बनाएर विश्वलाई चकित बनायो । हामी भने अझै खुला दिशामुक्त क्षेत्र घोषणा गर्दै हिँडिरहेका छौँ । विकासको दीर्घकालिन नीति र विकासका प्राथमिकता तय हुन नसक्नुः इसाई मिसिनारी हरुको मुखमा छिरेर होलि वाइन खानु
राजनीतिक वृत्तमा या अन्य बौद्धिक बहसमा नेपालको विकासको दिर्घकालिन सोचका बारेमा चर्चा हुँदैन । नेपालको संविधानले समाजवाद उन्मुख राज्यको निर्माण गर्ने सङ्कल्प गरेको छ । राज्यका नीतिहरूको माध्यमबाट विकास र समृद्धिकाका सम्भावनाहरू तय गरेको छ । यिनै कुरालाई मुख्य आधार बनाएर विकासको मार्गचित्र तय गरिनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन ।

चुनाव ताका समुन्द्रमा पानी जहाज चलाउने, घरघरमा ग्यासँ पाइपलाइन जोड्ने, देशलाई रेल सञ्जालले जोड्ने लगायताका मीठा भाषण सुनियो । तर त्यसका लागि पुँजी कसरी जुटाउने र कुन मोडलका विकास गर्ने भन्ने विषयमा चर्चै हुँदैन ।
स्थिर सरकार भयो र कम्तीमा पनि ५० वर्षको सोच बनाएर काम गर्न सकियो भने केही उपलब्धि हाँसिल गर्न सकिन्छ । भिजन भएको नेतृत्वको अभाव भयपछी बिदेसी दलालहरुको इसारामा चल्ने नेता हामीले हाम्रो देश् चलाउन पठाएछौ ्र

सिङ्गापुरका निर्माता लि क्वान युले आफ्नो आत्मकथामा एउटा गज्जबको टिप्पणी गरेका छन्– बङ्गलादेशका प्रधानमन्त्री सेख मुर्जिबुर रहमानले सन् १९७३ को क्यानडामा सम्पन्न कमनवेल्थ सम्मेलनमा भागलिन जाँदा विमान बङ्गालादेशको बोइङ ७०७ मा गएका थिए । साताभरको सम्मेलनमा यो बोइङ उनलाई कुरेर ओटावा विमानस्थलमा बसिरह्यो । उनले लेखेका छन्– त्यत्रो महँगो विमान सरकार प्रमुखलाई कुरेर बसिरहनु र त्यसले कुनै पैसा नकमाउनु दुःखको कुरा हो । प्रधानमन्त्री रहमानले कमनवेल्थ सरकारले आफ्नो देशलाई सहयोग गर्नुपर्यो भन्ने आग्रह गरिरहँदा मैले उनले पैसा कमाउने मेसिनलाई आठ दिनसम्म बिना काम रोकिराखेको सम्झिरहेँ ।’
तेस्रो विश्वको समस्या नै यही हो । यही कुरालाई विचार गरेर लिले जहिल्यै पनि साधरण विमानमा यात्रा गरे ।

हामीकहाँ पनि सरकारी सम्पत्तिको दुरुपयोग गर्ने प्रवृत्ति व्यापक छ । नेताहरू पेट दुख्दासमेत राज्यको खर्चमा विदेश उपचार गर्न जान्छन् ।श्रीमती छोरा छोरी साली साला आसेपासे सबैलाई देशको ढिकुटी बाटनै पैसा खर्चगराउछन ्र नेता भएसी जे पनि गर्न पाइन्छ भन्ने मनोविज्ञान छ । देशको सम्पत्तिको सदुपयोग कसरी गर्ने रु देशलाई कसरी नेतृत्व दिनेभन्दा पनि केही स्वार्थी समूह वा आफ्ना कार्यकर्ता र गुट उपगुटको समर्थन कसरी प्राप्त हुन्छ र तीनीहरूलाई कसरी संरक्षण प्राप्त हुन्छ भन्ने कुरामा मात्र नेताको ध्यान गएको देखिन्छ ।
नेतृत्व युवा नै हुनुपर्छ भन्ने जरुरी छैन । जसरी मलेसियालाको नेतृत्व ९२ वर्षीय महाथिरले गरिरहेका छन् । भिजन हुने हो र काम गर्ने दृढ सङ्कल्प हुने हो भने उमेरको बार लाग्दैन तर नेता हुन खोज्ने तर नेतृत्व प्रदान गर्न नसक्ने हो भने देश उँभो लाग्दैन ।

शिक्षा र स्वास्थ्यको जिम्मा सम्पूर्ण रूपमा राज्यले नै लिनुपर्छ । संविधानले समाजवाद उन्मुख राज्यको निर्माण गर्ने जुन उद्देश्य राखेको छ । त्यसलाई पूरा गर्न पनि शिक्षा र स्वास्थ्यमा भएको निजीकरण, माफियाकरण र अस्तव्यस्ततालाई राज्यले सम्पूर्ण रूपमा रोक्ने आँट गर्न सक्नुपर्छ ।

नेपालमा करिब ५७ प्रतिशत जनसङ्ख्या काम गर्न सक्ने सक्रिय जनसङ्ख्या छ । यो विकासका लागि सुनौलो समय हो । यस्तो अवस्था अझै २५, ३० वर्षसम्म रहन सक्ने देखिन्छ । त्यसैले राज्यले यो जनसङ्ख्यालाई उपयोग गर्न सक्ने गरी काम गर्नुपर्छ । तर अधिकांश जनशक्ति विदेश पलायनको स्थितिमा छ । देशको दक्ष जनशक्ति विदेश पलायन हुँदा नेपालको विकास प्रकियमा ठूलो धक्का लागेको छ । सकेसम्म देशभित्रै देशको जनशक्तीलाई प्रयोग गर्ने गरी राज्यले काम गर्नु नितान्त आवश्यक छ ।

जापान हालको जापान जस्तो वा विकसित थिएन, त्यतिबेला उसले आफ्नो देशको विकास प्रक्रियामा सहयोग पुगोस भनेर युरोप र अमेरिकाबाट दक्ष र प्रविधियुक्त जनशक्तिलाई आफ्नो देशको प्रधानमन्त्रीलाई भन्दा बढी तलब सुविधा दिएर देशमा भित्र्यायो । ती जनशक्तिको सीप र योग्यतालाई जापानले राम्रोसँग सिक्यो र आफ्ना नागरिकलाई सोही बमोजिम तालिम प्रदान गरी देशभित्रै सक्षम र दक्ष जनशक्ति उत्पादन गर्यो । आज जापान निकै विकसित देशको रुपमा उदाएको छ । त्यसैले देश बनाउनु छ भने शिक्षा र स्वास्थ्यमा लगानी गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ र दक्ष जनशक्तिलाई यही देशमा काम गर्न सक्ने वातावरण निर्माण गरिनुपर्छ ।

देश विकासका लागि देशप्रति माया गर्ने र सकरात्मक सोच राख्ने नागरिकको खाँचो छ । देश बन्दै छ, देशलाई हामी सबै मिलेर बनाउनु पर्छ, देश बनाउने जिम्मा हाम्रो पनि हो । हामीले राज्यलाई सक्दो सहयोग गर्नुपर्छ । उचित कर तिर्नु पर्छ र राज्यका नीतिनियमलाई पालन गर्नुपर्छ । त्यसैले देश विकासको लागि प्रत्येक नागरिकले सोच बदलौ । त्यसको सुरुवात आफैँबाट गरौ ।

सरकार आफ्ना नीतिनियम कार्यान्वयन गर्न सक्ने गरी बलियो हुनुपर्छ । बहुमतीय सरकारको अभावमा देशको विकास हुन नसकेको ठानेर जनताले वर्तमान सरकारलाई झन्डै दुईतिहाई मत दिएर ५ वर्षसम्म सरकार चलाउने साँचो हस्तान्तरण गरेउ । वर्तमान सरकार बनेपछि जनतामा नयाँ उत्साह र आशा ह्वात्तै बढेर गयो । वर्तमान सरकार गठन भएको झन्डै साडे २ वर्ष
पुगेको छ । तर सरकारले अपेक्षित ढङ्गले काम गर्न सकिरहेको छैन । किनकी सरकार स्थिर त छ तर शक्तिशाली बन्न सकेको छैन । सीमित पुँजीपती वर्गको पञ्जामा सरकार परिरहेको छ । दलाल र पुँजीपतीहरूले सरकारलाई टसमस गर्न दिईरहेका छैनन् । प्रधानमन्त्रीले केही समयअघि आफूलाई काम गर्न नदिएको र कसैले पनि सहयोग नगरेको भन्ने अभिव्यक्तिले पनि यही सङ्केत गर्छ । दलाल पुँजीपति वर्गको दबाबसामु सरकार निरिह हुनुपर्ने अवस्था छ । जहाँजहाँ सरकारले काम गर्न हात हाल्छ त्यहाँ सरकारले अपेक्षित नतिजा हाँसिल गर्न नसक्नु पनि यही कारण हो । चाहे कोरोना भाइरसको एऋच् र च्म्त् परिक्ष्यण मा होस, चाहे बजारभाउ नियन्त्रणका कुरामा होस, चाहे शान्तिसुरक्षा र अमनचयन कायम गर्ने कुरामा होस सरकारलाई बाह्य क्षेत्रबाट सहयोग भइरहेको देखिँदैन र सरकार ले पनि तेस्तै काम गरि रहेको छ ्र
देश विकासका लागि विकास व्यवस्थापन सबल हुनुपर्छ । विकास व्यवस्थानपनको नेतृत्वकर्ता कर्मचारीतन्त्र सक्षम र इमानदार हुनुपर्छ तर हाम्रो देश् मा तेस्ता कर्मचारी निउन मात्र छन् भ्रष्टाचार शून्यमा हुनुपर्छ । तर नेपालमा न विकास व्यवस्थापन सबल छ, न कर्मचारीतन्त्र सक्षम र इमानदार छ, न भ्रष्टाचार कम छ । तिनवटै कुरामा नेपाल कमजोर हुँदा देशको विकासले गति लिन सकेको छैन । यसै सन्दर्भमा जापानको एउटा उदाहरण दिन सकिन्छ– जापानको व्यवस्थापन शैली संसारभर प्रख्यात छ । जापानको कुनै ठूलो कम्पनीको व्यवस्थापक वा सञ्चालकले आफ्नो गल्तीले सो कम्पनीलाई ठूलो घाटा लागेको खन्डमा आत्महत्याको बाटो रोज्छ । हामीकहाँ त आफ्नो गल्तीलाई स्विकार्नु कहाँ हो कहाँ अरूलाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने प्रचलन छ । गोकुल बास्कोटा ७० करोड जस्ता देश् लाई कंगाल बनाउने धेरै छन् ्र

काम गर्न सक्ने ऊर्जावान तथा क्षमतावान कुलमान घिसिंग जस्ता कर्मचारीहरूलाई ठाउँ दिनुपर्छ र तिनीहरूलाई राम्रो तलब सुविधा दिनुपर्छ । हामी कहाँ भष्ट्राचार विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिएको छ तर भ्रष्टाचार रोकिएको छैन । बरु बढेको बढ्यै छ । त्यसमाथि नीतिगत भष्ट्रचारको त कुरै नगरौ । अर्कातिर कर्मचारीहरूको तलब सुविधा पनि तुलानात्मक रुपमा न्यून छ । जबसम्म कर्मचारीहरूलाई पूर्ण रुपमा उत्प्रेरित गर्न सकिँदैन, उनीहरूलाई गाँस, बास, कपास शिक्षा र स्वास्थ्यको चिन्ता रहिरहन्छ तबसम्म उसले कामप्रती लगनशील र दत्तचित्त भएर काम गर्न सक्दैन । यो पक्षलाई हामीले ध्यानदिन सकिरहेका छैनौँ, जसका कारण पनि देशको विकास प्रक्रिया पछाडि परेको छ ।
, नेपाल विकास र समृद्धिको सुनौलो चरणमा छ ।नेपालको राजनीति भने भाताबुन्ग छ । समृद्ध नेपाल र सुखी नेपालीको सोचलाई अगाडि सारेर वर्तमान सरकार गठन भएको छ । तर यो सरकारले नेपाली जनताको लागि केहि गरेको छैन ्र सोसड गर्ने कम मात्र गरि रहेको छ ्र कोरोनाका कारण भोकले छटपटी रहेका छन् कर र ब्याजले ढाड सेकी रहेको छ ्र

अब पनि हामी विकासलाई अगाडि बढाउन सकेनौ भने भावी पुस्ताले हामी सबैलाई सराप्ने छ । छिमेकी मुलुक विकासको चरम उत्कर्षमा पुग्दासमेत हामी भने विकासको बहस मात्रै गरेर समय खेर फालिरहेका छौँ । त्यसैले अब विकासको बहस मात्र होइन गुणात्मक ढङ्गले काम गर्ने बेला आएको छ । सरकारले मात्र होइन, हामी सबैले विकास र समृद्धिलाई सार्थकता प्रदान गर्न आआफ्नो ठाउँबाट सक्दो सहयोग र योगदान दिनु आवश्यक छ । तब मात्र समृद्ध राष्ट्रको सपना साकार हुनेछ । ध्रुब राज लुइँटेल
हिन्दु जागरण नेपाल

Loading...