कनिष्ठ शिक्षकलाई कामु प्रधानाध्यापकमा नियुक्ती रिट निवेदन खारेज

0
0

ललितपुर । रिट निवेदक उद्योग प्रसाद तिमलसीना र विपक्ष महाँकाल गाउँपालिकाका अध्यक्ष समेत भएको रिट निवेदन उच्च अदालत पाटनले खारेज गरेको छ ।
२०७७ साल असोज ७ गते न्यायधिश नातिबाबु लामिछाने र न्यायधिश बामदेव ज्ञवालीको संयुक्त इजलासबाट रिट निवेदन खारेज गरिएको हो ।

अन्य बरिष्ठ शिक्षक हुँदाहुँदै कनिष्ठ शिक्षकलाई कामु प्रधानाध्यापकमा नियुक्ती गरेको भन्ने कुरा रिट निवेदनमा उल्लेख गर्न सकेको नदेखिदा निवेदकको माग बमोजिम रिट जारी गर्नुपर्ने अवस्था देखिन नआएकाले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर छ उच्च अदालत पाटनद्धारा जारी गरिएको पत्रमा उल्लेख गरिएको छ ।

साथै यस अदालतबाट २०७६ साल १२ महिना ३ गतेमा जारी भएको अन्तरिम आदेश समेत निष्कृय हुने ठहर गरेको छ ।

Loading...