कोरना कहर विच दशैँ गीतका साथमा आए सिडी विजय ( भिडियो ) 

0
0
रियालिटी शो द भोइस अफ नेपालको पहिलो सिजन विजेता गायक सिडी विजय अधिकारीले आफ्नो नयाँ  म्युजिक भिडियो ‘सम्झेर सानु’ सार्वजनिक गरेका छन्।

हृदयस्पर्शी यस गीतलाई दिल खड्काले लेखेका हुन् भने स्वयम् गीतकार खड्काको यसमा संगीत रहेको छ।  गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।

परदेशीको पिडा बोकेको यो भिडियोले कोरना कहरविच यो वर्षको दशैँमा घर फर्किन नपाउने परदेशीहरुको मन रुवाउन सक्छ।

म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ।  बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्।  राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। जीटुजी मिडिया (G2G Media ) को अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

अग्रिम रुपमा दशैँको शुभकामना सहित निर्माण टिमले यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन  सम्पुर्ण संगीतप्रेमीहरुमा आग्रह गरेका छन्।

https://youtu.be/pU3AhmRnqK4
Loading...