जरसिङ पौवा फट्केश्वर बहाुनेपाटी मनमोहन मार्गको शुभारम्भ

0
0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माण कार्यमा नियमितरुपमा स्थानीय नागारिकले निगरानी गर्नुपर्ने बताउनुभएको छ ।

स्थानीय नागरिकले जत्ति निगरानी राख्यो विकास निर्माणको काम त्यक्ति नै प्रभावकारी हुने भन्दै उहाँले विकास निर्माणको काममा उच्च निगरानी राख्न आमनागरिकलाई आग्रह गर्नुभयो ।
शङ्खरापुर नगरपालिका स्थित जरसिङ पौवा फट्केश्वर बहाुनेपाटी मनमोहन मार्गको स्त्तरउन्नती कार्यको बिहिवार शुभारम्भ गर्दै उहाँले विकास निर्माणको काममा जत्ति धेरै नागरिकको निगरानी भयो त्यक्तिनै गुणत्तस्रीयता कामय हुने बताउनुभयो ।

विकासका काम कुनै दल विशेषको नहुने भन्दै नेता नेपालले विकास निर्माणको कार्यमा सबैले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
कोरोनाका बाबजुद पनि विकास निर्माणको काम गर्नुपर्ने बाध्यता रहेको चर्चा गर्दै उहाँले आवश्यक सुरक्षाको मापदण्ड अपनाएर विकासको काम गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो ।

कोरोनालाई हेलचक्राइ नगर्न आग्रह गर्दै नेता नेपालले कोरोनाले जोसुकैलाई पनि सङ्क्रमण गर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाएर काम गर्न उहाँले सुझाव दिनुभयोे ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले यस सडक निर्माण कार्यमा सबैले आआफ्नो स्थानबाट निगरानी राख्नुपर्ने बताउनुभयो । सडक निर्माण कार्यमा आफूहरु निर्वाचित जनप्रतिनिधि सबै प्रकारको सहयोग गर्न तयार रहेको उहाँले स्पष्ट गर्नुभयो । सडक निर्माण कार्यमा कुनै बाधा अबरोध नआउने भन्दै नगर प्रमुख श्रेष्ठले बाधा आएको ठाउँमा फुकाउन आवश्क सबै सहयोग गरिनेमा जोड दिनुभयो ।
प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले सिन्धुपालचोक जाने बैकलल्पिक मार्गको रुपमा यस बाटो उपयोग हुने बताउनुभयो ।
यस बाटो निर्माण भएपछि सिन्धुपालचोकको उत्पादन तरकारी लगायतका वस्तु काठमाडौँ ल्याउन सहज हुने चर्चा गर्दै यस बाटो पर्यटकीय मार्गको रुपमा समेत विकास हुने बताउनुभयो।

 

Loading...