कांग्रेस भक्तपुरका सभापति थापालाई पितृशोक

0
0

भक्तपुर ।
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई पितृशोक परेको छ ।
सभापति थापाका बुबा रामबहादुर थापाको आज बिहान ७९ वर्षको उमेरमा निधन भएको छ ।
रामबहादुरको उपचारका क्रममा भक्तपुरको मध्यपुर ठिमी अस्पतालमा निधन भएको कांग्रेस जिल्ला सचिब निशान ढुंगेलले जानकारी दिनुभयो ।
ढुंगेलका अनुसार थापा लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।थापाको ५ दिन अघि शहिद धर्मभक्त प्रत्यारोपण केन्द्रमा प्रोस्टेटको अप्रेसन गरिएको थियो ।
रामबहादुरको आजै भक्तपुरको हनुमानघाटमा अन्त्येष्ठी गरिएको छ ।
उहाँका श्रीमति ,सभापति दुर्लभ सहित ३ छोरा र एक छोरी हुनुहुन्छ ।
सभापति थापा माहिला छोरा हुनुहुन्छ भने जेठो छोरा सल्लाघारीस्थित एक इञ्जिनियरिङ्ग वर्कशपका संचालक दुर्दम थापा र कान्छा सिनामंगलस्थित नासा कलेजका संस्थापक अध्यक्ष प्रकाश थापा हुनहुन्छ ।

 

 

 

 

Loading...