बाघभैरब मन्दिर परिसरस सरसफाइ शुभारम्भ

0
0

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.७ स्थित रानीकोट गढी क्षेत्रमा रहेको ऐतिहासिक बाघभैरब मन्दिर र मन्दिर परिसर सरफाइ गरिएको छ । रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको आयोजनामा शनिवार मन्दिर परिसर सरसफाई गरिएको हो । सरसफाइको क्रममा मन्दिर क्षेत्रमा रहेका घाँस, झारपात र विभिन्न कागजात सरसफाइ गरी व्यवस्थापन गरिएको छ ।
सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै पनौति नगरपालिका वडा नं. १ का वडाध्यक्ष गुणनाथ सापकोटाले ऐतिहासिक बाघभैरब मन्दिर ओझेल परेको र रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाको पहलमा संरक्षणको प्रयास शुरु भएको बताउनुभयो । पनौति नगरपालिकाको तर्फबाट मन्दिर संरक्षणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सापकोटाले बाघभैरब र रानीकोट गढी क्षेत्र आमनगारिकको पर्यटकीय गन्तव्यको केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । संस्थालाई नियमित रुपमा सरफाइ र मन्दिर संरक्षणको काममा लाग्न आग्रह गर्दै उहाँले आगामी दिनमा बाघभैरब मन्दिर पवित्र तिर्थस्थलको रुपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
पर्यटन व्यवसायी रामसुन्दर बकेले बाघभैरब र रानीकोट गढीको एकीकृत विकास गरी आन्तरिक र बाह्य पर्यटकको विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले यस क्षेत्रको विकासमा सरोकारवाला सबैले सक्रियता देखाउने हो भने रानीकोट क्षेत्रमा छिट्टै नै पर्यटकीय पूर्वाधारको विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाको अध्यक्ष आनन्द राजथलालले गत २०७२ सालको भूकम्पले बाघभैरब मन्दिरको टाउको तल खसेको र अहिले सूर्यविनायक नगरपालिकाले उक्त टाउको जोड्नका लागि आवयक प्रक्रिया अगाडि बढाएको प्रति नगरपालिकालाई धन्यवाद दिदै संस्थाले मन्दिर र रानीकोट क्षेत्रको पर्यटकीय पूर्वाधार निर्माणका लागि निरन्तर क्रियाशिल भएर लाग्ने बताउनुभयो ।
सो अवसरमार रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाका सबै पदाधिकारी तथा सदस्य, स्थानीय लगायतको उपस्थितिमा मन्दिर परिसर सरसफाइ गरिएको थियो । सरसफाइ अभियान प्रारम्भ मात्र भएकाले आगामी दिनमा मन्दिर र रानीकोट गढी क्षेत्रको विकासमा संस्थाले रानीकोट गढीको गुरुयोजना अनुसार क्रमिक रुपमा काम गर्दै जाने रानीकोट गढी पर्यटकीय उपभोक्ता विकास संस्थाका कोषाध्यक्ष लालबहादुर लामाले जानकारी दिनुभयो ।
संस्थाले यसअघि नै सूर्यविनायक नगरपालिकाका आर्थिक सहयोगमा रानीकोट गढीको गुरुयोजना निर्माण गरिसकेको छ । २०७५ सालमा पुरातत्व विभागले रानीकोट गढी उत्खनन गरेको थियो । उत्खननबाट प्राप्त सामाग्रीको आवश्यक संरक्षण गरिएको छ ।

Loading...