मुकेश शाहिको ” तु जहा रहो खुश रहो” सार्वजनिक

0
63

भक्तपुर। गायक मुकेश शाहिको नयाँ हिन्दी भाषाको गीत ” तु जहा रहो खुश रहो”” सार्वजनिक भएको छ । गीत सङ्गीत सृजना र गायनमा पच्चिस बर्ष भन्दा बढि समय देखि लाग्दै आएका गायक मुकेश शाहिले “पि दादा म्युजिक क्रियशन” यु-ट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गर्नु भएको हो। पछिल्लो समय भारतमा आफ़्नो अभिनय क्षमताका कारण निकै चर्चामा रहेका नायक सुशान्त सिङ् राजपुतको केहि समय अघि भएको असामायिक निधनले बिश्वभरि रहेका उनका फ़्यानले आआफ़्नो तरिकाले दुख मनाउ गरे। नेपालमा समेत चर्चित भारतिय कलाकारको निधनले मर्माहित भएका उनका प्रशन्शकहरु मध्ये एक गायक मुकेश शाहिले आफ़्नो तरिकाबाट उनको सम्झनामा गीत निकालेर मृतक कलाकार प्रति श्रद्दाञ्जलि अर्पण गरे । “उनि मलाइ असाध्य मनपर्ने भारतिय युवा कलाकार थिए, उनले आत्महत्या गरे भन्दा पत्याउनै सकिन, तर अन्तमा त्यो समाचार सहि निस्क्यो जस्ले मलाई पिडा दियो र पिडा भुलाउन गीत मार्फत श्रद्दाञ्जलि अर्पण गर्ने निधो गरे र यो गीत तयार भो । ”गीत कसरि जन्मियो भन्ने बारेमा गायक भन्नु हुञ्छ । यस गीतमा शब्द गायक स्वयम र प्रमोद परियारको रहेको छ । सङ्गीत गायक स्वयमको रहेको छ । यस गीतमा एरेन्ज, मिक्सिङ्ग प्रमोद परियारको रहेको छ। यस्तै गरि यो गीतको रिकर्डिङ्ग पुराना रिकर्डिष्ट सञ्जय श्रेष्ठले गर्नु भएको हो । गायक मुकेश र प्रमोदको लामो गीती सहकार्य पनि रहदै आएको छ यस अघि यि दुईको थुप्रै गीतहरु बजारमा आई सकेका छन। “कलाकार र कलाको कुनै सिमा हुदैन भाषा हुदैन ,” साङ्गीतिक अभियन्ता तथा भक्तपुर साङ्गीतिक समाजका अध्यक्ष प्रबिन शाहि यस गीतको महत्व प्रकाश पार्दै भन्नु हुञ्छ। “त्यहि भएर भारतिय कलाकारको देहान्तमा सिमा, भाषालाई थाति राखेर एउटा कलाकारको लागि अर्को कलाकारले सङ्गीतको माध्यमबाट समझनु , साङ्गीतिक श्रद्दाञ्जलि दिनु एउटा राम्रो प्रयास हो यस्लाई सह्राना गर्ने पर्छ।“

 

Loading...