जातिय विभेद अन्त्यको निमित्त हिन्दु जागरण नेपालको आयोजनामा सहभोज र भागवत गीता ज्ञान तथा भागवत गीता वितरण कार्यक्रम सम्पन्न

0
0

बर्दगोरिया । जातिय विभेद अन्त्यको निमित्त हिन्दु जागरण नेपालको आयोजनामा सहभोज र भागवत गीता ज्ञान तथा भागवत गीता वितरण कार्यक्रम बर्दगोरिया गाउँपालिका वडा न . ३ राधाकृष्ण मन्दिर बुट्कुवा कैलालीमा  मिति २०७७/०७/१७ गते भव्य रुपमा सफलताका साथ सम्पन्न भएको छ।
उक्त कार्यक्रममा सभापतिको जिम्मेवारी हिन्दु जागरण नेपालका जिल्ला कार्य समिति अध्यक्ष श्री श्यामभट्ट शास्त्री ज्युले वहन गर्नुभएको थियो भने कार्यक्रम संचालन श्री पुष्प सुनारले गर्नुभएको थियो। प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका वडा न. ३ का अध्यक्ष श्री कर्ण सुनुवार हुनुहुन्थ्यो। उहाँले कार्यक्रमको बारेमा सकारात्मक टिप्पणी गर्दै “जातिय विभेद अम्त्य हुनुपर्छ र सबै एकै ठाउँमा बसेर खान सक्नुपर्छ र यो कार्यक्रम जुन हिन्फु जागरणले गरेको छ यसलाई सारा देशले समर्थन गर्नुपर्छ र जातिय छुवाछूत मुक्त राष्ट्र बनाउनुपर्छ। यो कार्यक्रम देशभरी नै संचालन गर्नुपर्छ” भन्नुभयो।
त्यसैगरी कार्यक्रमका बिशेष अतिथी हिन्दु जागरण नेपालका ब्यबस्था प्रमुख तथा प्रशिक्षण प्रमुख श्री ध्रुवराज लुइटेल ज्युले इतिहासमा उल्लेख भए अनुसार आयातित जातिय ब्यबस्था र वैदिक सनातन हिन्दु धर्मको बर्णको बारेमा जानकारी गराउनुभयो र साथसाथै हिन्दु धर्ममा कुनै पनि विभेद नभएको तर समाजमा बिधमान छुवाछुत अज्ञानता र अल्पज्ञानको उपज रहेको बताउनुभयो। सम्पुर्ण मानवजाति एकै भएको र कुनै पनि भेदभाव गर्न नहुने भन्दै हिन्दु जागरण नेपालले धर्म परिबर्तन तथा जातिय छुवाछुत बिरुद्ध देशैभरी महा अभियान चलाएको बताउनुभयो।
बिशेष अतिथी तत्वदर्शी पं बरिस्ठ धार्मिक अभियानता मदनराज उपाध्यायले भागवत गीताको आवश्यकता र अपरिहार्यताको बारेमा प्रष्ट पार्नुभयो। उहाँले भगवत गीताले दिने जानकारी र एक घर एक गीतामा जोड दिदै गीताले समाजमा सकारात्मक सोच र कार्यको थालनी गर्छ भन्नुभयो।
बर्दगोरिया गाउँपालिकाका कार्यपालिका सदस्य कोकिला खत्रीले अहिले यो बर्तमान समयमा ठूलो संख्यामा धर्म परिबर्तन भइरहेको र इसाईहरुले घरघरमा बाइबल बाडेको कुरा अवगत गराउनुभयो। साथै उहाँले धर्म परिबर्तनकारी जस्तै अब हिन्दुले पनि प्रत्येक घरमा गीता बाड्नुपर्ने र गीता ज्ञानको बोध गराउने समय आएको छ भन्नुभयो।
बर्दगोरिया वडा न. ३ का सदस्य श्री टंकराज ओलि ज्युले सबै धार्मिक संघ संगठनहरु एक धारमा उभिनुपर्ने र वैदिक सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्नुपर्ने बताउनुभयो।
के के क्लब कैलाली र राधाकृष्ण मन्दिर संरक्षण समिति कैलालीले स्वयंसेवकको भुमिका निर्वाह गरि कार्यक्रमलाई ब्यबस्थित र सफल बनाउन अतुलनिय सहयोग प्रदान गरेका थिए। कैलाली जिल्ला गाउँ स्तर, वडा स्तर, गोदावरी नगरपालिका नगर समिती, महिला समिति, गौरीगंगा नगरपालिका नगरसमिती, लम्किचुहा नगर समिती, हिन्दु जागरण नेपालका स्वयंसेवक, कार्यकर्ता, हिन्दु जागरण नेपाल जिल्ला कैलाली कार्यसमिति लगायत जिल्लाबाट हजारौंको संख्यामा स्थानिय सबै जातजातिको उपस्थिती रहेको थियो।
हिम्दु जागरण नेपाल जिल्ला कार्यसमिति अध्यक्ष श्री श्यामभट्ट शास्त्रीज्युले कार्यक्रम समापन गर्नुभएको थियो।
हिम्दु जागरण नेपालले सोही कार्यक्रममा सहभोजको आयोजना गर्दै सम्पुर्ण जातजाती एक हो भन्ने सकारात्मक सन्देश पनि दिएको थियो।

Loading...