भक्तपुर ब्यासीमा होण्डाको सर्भिस सेन्टर र जेन्यून पार्टस सञ्चालन

0
0

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं २ व्यासीमा होण्डाको सर्भिस सेन्टर र जेन्यून स्पेयर पार्टस् सलिन अटो इन्टरप्राइजेजले सञ्चालनमा ल्याएको छ । सलिन अटो इन्टरप्राइजेजले शनिबार नवरात्रको पहिलो दिन घटस्थापनाको अवसरमा उक्त होण्डा सर्भिससेन्टर र जेन्यून स्पेयर पार्टस् सञ्चालनमा ल्याएको हो ।

२०५४ साल देखि लक्ष्मी अटो वर्क सप सुरु गरी निरन्तर ग्राहकको माया पाईरहेको भन्दै लामो समयको अनुभवले पनि आफ्नो अटो वर्क सपमा मोटरसाईकल धनीहरु सर्भिसिङ गराउन आउने गरेको सञ्चालक लक्ष्मी प्रजापतिले बताए ।

उनले होण्डाको सर्भिस सेन्टर र जेन्यून स्पेयर पार्टस् सलिन अटो इन्टरप्राइजेजमार्फत ग्राहकको सेवा गर्दा अझ बढी आकर्षण बढ्ने बताए । प्रजापतिले गेट भन्दा बाहिर सबै प्रकारका मोटरसाईकल र गेटभन्दा भित्र होण्डाका मोटरसाईकलको सर्भिसिङ गर्ने जानकारी दिए ।

Loading...