नगरपालिकाको समस्या समाधान गर्न नेपाली काँग्रेसका कार्यपालिका सदस्य लागि परे

0
24

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाको विद्ययमान समस्या समाधान गर्न नेपाली काँग्रेसको
तर्फबाट प्रतिनिधित्व गर्ने बहुमत कार्यपालिका सदस्यहरुको बैठक आज बसेको छ ।
मध्यपुर थिमि नगरपालिकामा हाल भैरहेको गतिरोध (डेड लक) लाई कसरी फुकाउने भन्ने बारे घनिभूत रूपमा छलफल भएको नगरपालिकाका प्रवक्ता एवं वडा
नं. २ का वडाध्यक्ष राम थापामगरले बताउनुभयो । उहाँले नगरपालिकामा भैरहेको अस्थिरताको कारण दशै जस्तो महानभाडको बेलामा समेत नगरपालिकाका
जेष्ठ नागरिक, पूर्ण अपाङ्गता भएका व्यक्ति तथा एकल महिलाहरु सामाजिक सुरक्षा भत्ताबाट बन्चित हुनुपरेको अवस्थालाई आत्मलोचन गर्दै सामाजिक सुरक्षा भत्ता
तिहार अगाडी नै वितरण गर्नको लागि बिशेष पहल गर्ने निर्णय भएको
बताउनुभयो । नगरउप्रमुख अञ्जनादेवी मधिकर्मीको समेत उपस्थिति रहेको सो वैठकमा नगरपालिकाका नगरप्रमुखले नेपाली कांग्रेसका एक समूहलाई काखी च्यापी एकलौटी ढंगबाट अघि बढ्न खोजेका कारण नगरपालिकामा गतिरोध भएको बताइएको छ ।

Loading...