निरज लामाखोर र सुनैना रुम्बाको अभिनय रहेको दुर्बिन सार्वजनिक

0
0

भक्तपुर । युवा व्यावसायि तथा समाजसेवी छविलाल बोम्जनको निर्माणमा सांगीतिक प्रस्तुति रहेको तामाङ सेलो मायाको दुर्बिन पुर्व राज्य मन्त्री,वाग्मती प्रदेश ३ का प्रतिपक्ष दलका नेता ईन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सार्वजनिक भएको छ।

युवा मोडल निरज लामाखोर र नव मोडल सुनैना रुम्बाद्वारा अभिनय गरेको तामाङ सेलो मायाको दुर्बिनू बोलको गीतका म्युजिक भिडियोलाई एक विशेष कार्यक्रम गरि बजारमा ल्याएका छन् ।

शब्द, संगीत गायक फूल कमार बोम्जनको रहेको उक्त गीतमा स्वर फूल कुमार बोम्जन र गायिका शशिकला मोक्तानको सुमधुर आवाज रहेको छन् ।भने अडियो एरेञ्ज फणीन्द्र राईले गरेका थिए ।

युवा निर्देशक प्रतीक ङ्यसुरले निर्देशित गरेका म्युजिक भिडियोलाई छायांकन ,ड्रोन क्याप्टेन र सम्पादक विक्रम लामाले गरेको थियो ।

Loading...