यशु थापाको दोस्रो गीति एल्बम ‘बदनाम’सार्वजनिक

0
0

काठमाडौं । नेपाली भाषा, साहित्य र संस्कृतिको रक्षा प्रवासमा बसेर पनि गर्न सकिन्छ भन्दै यशु थापाले आफ्नो दोस्रो गीति एल्बम ‘बदनाम’ ल्याएकी छन् ।
बेनेलक्स र यूरोपीयन यूनियनका लागि महामहिम राजदूत लोक बहादुर थापाको हातबाट ब्रसेल्सस्थित नेपाली राजदुतावासमा उक्त गीति एल्वमको बिमोचन गरिएको छ ।
युरोपियन युनियन र बेनेलक्सका राजदुत लोक बहादुर थापाको प्रमुख आतिथ्यतामा अतिथिहरू एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, महासचिव तिर्थ धमला ,गीतकार अर्जुन रत्न भिखारी तथा मोडल बर्षा खड्काको आतिथ्यतामा विमोचन सम्पन्न भएको थियो ।
यूरोपमा दुई दशक यता तिज विशेष गीतहरुमा पनि कलम चलाउने थापाका गीत, गजलहरु राजेश पायल राई, अन्जु पन्त, आनन्द कार्की, लगायत थुप्रै चर्चित गायक गायीकाहरुले गाइसकेका छन् । उनको पहिलो एल्बम “गीतान्जली” २०७३ सालमा सार्वजनिक भएको थियो । विमोचित गजलमा संगीत तथा स्वर राज सागरको छ भने अभिनयमा आयुश रिजाल तथा बर्षा खड्का छन् ।

Loading...