तिहार पर्व र भाइटिकाको महत्व के छ त ?

0
0

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयामा भाइटीका पर्छ यो दिन पर्व विशेष उत्साहका साथ मनाइन्छ । यमपञ्चकको पाँचौ दिनमा चेलिबेटीले आफ्ना दाजु भाइलाई  विधिपूर्वक पूजाआजा गर्ने, मिठामिठा परिकार खुवाउने र उपहार दिने चलन छ भने दाजुभाइले पनि दिदी–बहिनीलाई टीका लगाई दक्षिणा वा उपहार दिने गर्छन् ।

यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, ओखर, तेल, मखमली र दूबोको माला, कटुस आदिको प्रयोगमा दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य र दीर्घायुको कामना गर्छन् ।

त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने गरिन्छ । तेलले सात घेरा हालेर दाजुभाइलाई छेक्ने चलन पनि पाइन्छ । फूल, अक्षता र चन्दनको पूजा गरी दिदी–बहिनीले दाजुभाइको शिरमा तेल लगाउँछन् ।

उनीहरूले सगुनका रूपमा दही पनि खुवाउँछन् । त्यस्तै यमराजको रुपमा बिमिरोको पूजा गर्ने चलन छ । आजभोलि बिमिरोको साटोमा भोगटको पनि पूजा गर्ने चलन छ । दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ ।

परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित पाइन्छ।  दाजु यमराजलाइ विशेष मानसम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ। यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ। यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ। भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ।

मखमली नओइलाउने फूलको प्रतीक हो भने सयपत्रीको रंग कहिल्यै उड्दैन । दूबो सधैं हरियो रहिरहन्छ । सप्तरङ्गी टिका निधारमा लगाएर दिदी बहिनीले दाजुभाइको लामो आयो र सफलताको कामना गर्दछन् ।

Loading...