कपन बालुवाखानीमा आगलागी, दाजुको मृत्यु, तिहार मान्न आएकी बहिनी र भान्जा घाइते

0
0

काठमाडौं । काठमाडौंको कपन बालुवाखानी चोकस्थित नारायणबहादुर बस्नेतको घरमा सोमबार राति आगलागी भएको छ ।

आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नुुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका कृष्णबहादुर तामाङ छन् ।

उनी बस्नेतको चारतले घरको पहिलो तलामा डेरा गरी बस्थे ।

उनी बस्दै आएको कोठामा विद्युत सर्ट भई आगलागी भएको बताइएको छ ।

आगलागीमा परी मृतककी ३५ वर्षीया बहिनी विपना तामाङ र उनका ११ महिनाका छोरा दावा तामाङ घाइते भएका छन्।

उनीहरूको कीर्तिपुुर अस्पतालमा उपचार भइरहेको छ । विपना तिहार मनाउन दाजुकोमा आएकी थिइन् ।

दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा सोमबार राति करिब दुई बजे आगलागी नियन्त्रणमा आएको थियो ।

Loading...