यी ६ फलफूल जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

0
0

काठमाडौँ। यस वर्ष विश्वभरका मानिसको सबैभन्दा महत्त्वपूर्ण कार्य बनेको छ, रोग प्रतिरोधात्मक क्षमता बढाउनू । कोरोना भाइरस महामारीका कारण पनि मानिसहरु आफ्नो स्वास्थ्यप्रति अघिल्ला वर्षहरुको तुलनामा निकै सचेत भएका छन्।  त्यसैगरी नेपालमा अहिले मौसममा परिवर्तनको समय छ ।  नेपालका सबै भागमा अहिले बिस्तारै चिसो बढ्दै गएको छ।

मौसम परिवर्तन हुने बेला प्रायःजसो सबैलाई सामान्य रुघा खोकी लाग्ने, हल्का ज्वरो आउने गर्दछ।  जसकारण, स्वास्थ्य विज्ञहरुले पनि यस्तो अवस्थामा सकेसम्म आफ्नो रोग प्रतिरक्षा प्रणालीलाई सुदृढ गर्ने खानेकुराहरुमा ध्यान दिन सुझाव दिएका छन् । मौसमी रुघा खोकी त छँदै छ, तर यसैसँग अहिले विश्वभर कोरोनाले त्राहिमाम मच्चाएको छ, जसका कारण पनि मानिसहरु अहिले आफ्नो प्रतिरक्षा प्रणालीलाई सुधार गर्न थुप्रै धरेलु उपायहरु अपनाउने गरेका छन्।

आउनुहोस् कोरोना कहर र जाडो मौसममा रोग प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन सहयोग गर्छन् यी ७ फलफूलले :

अम्बा : जाडोयाममा अम्बाको खान गर्दा यसले शरीरमा भिटामिन सीको मात्र पुर्याउनुका साथै यसमा पाइने एन्टिअक्सिडेण्ट तत्वले  शरीरमा संक्रमण हुनबाट जोगाउँदछ। साथै यसले शरीरका कोशिकाहरुलाई पनि सुरक्षा प्रदान गर्छ।  यसमा पाइने फाइबरका कारण मुटु रोगको जोखिम कम गर्नुका साथै रगतमा सुगर लेभललाई नियन्त्रणमा राख्द छ।

नासपाति : फलफूलले पाचन प्रणालीलाई सामान्य राख्नेदेखि लिएर थुप्रै किसिमका रोगहरुको जोखिम कम गर्ने गर्दछ। यस्तै फलमध्ये एक हो, नासपाति । भिटामिन, खनिज र एन्टि–अक्सिडेन्टहरू उत्कृष्ट श्रोतका कारण नासपातिले शरीर र छाला दुवैलाई फाइदा पु¥याउँछ। नासपाति खानामा रसिलो र स्वादिलो हुनुको साथै यसमा भिटामिन सी, फ्लाभोनोइड्स, प्रोटिन, क्याल्सियम, आइरन, फाइबर, एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरियल गुणहरूले शरीरको प्रतिरक्षा प्रणालीको सुधार गर्नुका साथै यसले संक्रमण हुनबाट जोगाउँद छ।

सुन्तला : सुन्तला  भिटामिन सी र क्याल्सियमको एक राम्रो स्रोत मानिन्छ। यसले मौसमी संक्रमणको जोखिम कम गर्नुका साथै शरीरको समग्र संयत्रलाई ठिक राख्दछ। सुन्तलाको जुस पनि स्वास्थ्यलाई निकै फाइदजनक हुन्छ।

स्याउ : स्याउले शरीरलाई धेरै रोगबाट जोगाउन मद्दत गर्दछ। यसले प्रतिरक्षा प्रणाली मजबूत बनाउनुका साथै शरीरको दुखाई, पोल्ने समस्या र सुन्निने समस्याको पनि निर्मुल गर्दछ। स्याउमा पेक्टिन, फाइबर, भिटामिन सी र के पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता पनि मजबूत गर्दछ।

मौसम : मौसम एक यस्तो फल हो, जसमा भिटामिन सी पर्याप्त मात्रामा पाइन्छ। जसकाकारण यसले शरीरको प्रतिरक्षा प्रणालीको सुधार गर्दछ।  मौसमको जुस सेवन गर्दा पनि भरपुर मात्रामा फाइबर पाइन्छ।

आलुबखरा : यो फल एन्टिअक्सिडेण्ट गुणको मुख्य श्रोत हो। यस फलमा प्राण घातक रोग क्यान्सरसँग लड्ने गुणकारी पोषण तत्वहरु पाइन्छ। जाडो मौसममा यस फलको सेवन गर्दा निकै फाइदाजनक हुन्छ।

Loading...