निकिशामाथि लैंगिक दुर्व्यवहार गर्ने ३ युवा पक्राउ

0
0

भक्तपुर । सडकमा हिँडिरहेकी महिलामाथि लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरी दुर्व्यवहार गर्ने तीन युवालाई भक्तपुर प्रहरीले पक्रेको छ ।
भक्तपुर नगरपालिका १ दूधपाटीस्थित सडकमा हिँडिरहेकी निकिशा श्रेष्ठमा दुर्व्यवहार गर्ने भक्तपुर नपाकै स्थानीय १९ वर्षीय सफिल खत्रीसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका दुई युवक १८ वर्षमुनिका रहेकाले प्रहरीले उनीहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले उनीहरुको ठेगानामात्रै खुलाएको छ । जसअनुसार भक्तपुर नपा ५ टौमढी बस्ने १६ वर्षीय बालक र १७ वर्षीय अर्को बालक रहेका छन् ।
सफिल र १६ वर्षीय बालकले निकिशालाई लैंगिक भेदभावपूर्ण शब्द प्रयोग गरी जिस्क्याएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । परिसरका अनुसार सफिलले स्कुटर चलाएको र त्यसको पछाडि बस्ने १६ वर्षीय बालकले निकिशालाई जिस्क्याउँदै भिडियो खिचेका थिए । उक्त भिडियो १७ वर्षीय बालकले आफ्नो फेसबुक पेसमा टीकटक बनाएर अपलोड गरेका थिए ।
उक्त भिडियोमा आफूलाई लैंगिक भेदभावपूर्ण दुव्र्यवहार गर्ने युवाहरुमाथि निकिशा जाइलागेकोसमेत देखिन्छ ।

त्यस्तै उनीसँगै आएकी अर्की महिलाले पनि ती युवाहरुलाई समाउने प्रयोस गरेको भिडियोमा देखिन्छ ।
भिडियोमा निकिशामाथि दोहोरो दुर्व्यवहार भएको देखिन्छ । उक्त भिडियो अपलोड गरिएपछि सामाजिक सञ्जालमा भाइरल नै भएको थियो । सामाजिक सञ्चालनमा सडकमा हिँडिरहेकी युवतीमाथि दुर्व्यवहार गरेको भन्दै ती युवाहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने भनी नेपाल प्रहरी र साइबर क्राइब व्युरोलाई ह्यासट्याक गरी धेरैले सामाजिक सञ्जालमै शेयर गरेका थिए ।
सामाजिक सञ्जालमा कुनै पनि व्यक्तिको लैंगिक तथा व्यक्तिगत हक अधिकार कुण्ठित हुन दिन नहुने आवाजसमेत उठाइएको छ ।

सोही आग्रहका आधारमा प्रहरीको साइबर क्राइम ब्युरोले ती युवाहरुलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको भक्तपुर प्रहरीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले नियन्त्रणमा लिएका युवाहरुले दिएको बयानअनुसार सफिल खत्रीले स्कुटर चलाएको र स्कुटर पछाडि सवार १६ वर्षीय बालकले निकिशामाथि दुर्व्यवहार गरेको भिडियो खिचेको पाइएको जानकारी दिए ।
‘१६ वर्षीय बालकले खिचेको भिडियो १७ वर्षीय बालकले सामाजिक सञ्जालमा अपलोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, उनले भने ।
प्रहरी नायब उपरीक्षक गिरीले पीडित युवतीसँग समन्वय गरी थप अनुसन्धान कार्य तथा कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रहरीका अनुसार निकिशा पहिले पुरुष थिए । पछि आफूखुसी महिला भएको बुझिएको छ ।
सोही आग्रहका आधारमा प्रहरीको साइबर क्राइम ब्युरोले ती युवाहरुलाई पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । उक्त निर्देशनको भक्तपुर प्रहरीले बिहीबार उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

Loading...