गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृत्तचित्र सार्वजनिक

0
0

गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको documentary “एक अब्यक्त संघर्ष को कथा “एक समारोह बिच लोकार्पण भएको छ ।।भक्तपुर राधेराधे स्थित अतिथी बैक्वेट मा भएको कार्यक्रम मा समाजका बिशिस्ट ब्यक्ति हरुको उपस्थिति रहेको थियो ।।कार्यक्रममा blindrocks कि अध्यक्ष तथा motivational speaker सृष्टि के सि,ने क पा का नेता तथा प्रदेश सभासद शशी जङ थापा ,चाङु नारायण नगर का मेयर सोम मिश्र,मध्यपुर ठिमी नगर कि उप मेयर अन्जना देबि मधिकर्मी,सुर्य बिनायक नगर कि उप मेयर जुना बस्नेत,नेपाल तयारी कपडा ब्यवसायी महासंघ का अध्यक्ष राम कृष्ण श्रेष्ठ , वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेल ,शिक्षाबिद तथा मोर्डन स्कुल का प्रीन्सिपल अनिल कसपाल लगायत चर्चित कलाकार ,सामाजिक अभियन्ता लगायत को उपस्थिति रहेको थियो।।
कार्यक्रम लाई सम्बोधन गर्दै blindrocks कि अध्यक्ष तथा motivational speaker सृष्टि के सि ले भिडियो ले युवाहरु लाई प्रेरणा दिने बताइन् भने प्रदेश सभासद तथा ने क पा का नेता शशी जङ थापाले जिन्दगीमा अझै धेरै काम गर्न बाकी रहेको र श्रस्टा कपिल कसपाल मा त्यो क्षमता र संभावना प्रचुर रहेको बताउनु भयो ।।त्यसै गरि सुर्यबिनायक नगर कि उप मेयर जुना बस्नेत ले कपिल कसपाल मन सफा भएको ब्यक्ति भएको र वहाँ को क्रियाशीलता उदाहरणिय भएको बताइन् ।।वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेल ले समालोचनात्मक विश्लेषण गर्दै सफलता को कामना गर्नुभयो भने चाङु नारायण नगरका मेयर सोम मिश्र तथा मध्यपुर थिमी कि उपमेयर अन्जना देबि मधिकर्मीले सफलता को सुभकामना दिनुभएको थियोे ।।कार्यक्रम लाई नेपाल तयारी कपडा ब्यवसायी महासंघ का अध्यक्ष राम कृष्ण श्रेष्ठले पनि सम्बोधन गर्नु भएको थियो ।।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक सैलेश थापा ,चर्चित व्यंग्यकार चट्याङ मास्टर ,वरिष्ठ सङीतकार दिपक जङम,वरिष्ठ गायक दिपक खरेल लगायत ले पठाउनु भएको सुभकामना सन्देश पनि बाचन गरिएको थियो ।।
कार्यक्रममा श्रस्टा तथा गायक कपिल कसपाल ले “यो मेरो जिवन संघर्ष को सार भएको र भिडियो हेरेर मेरा दर्शक,श्रोता तथा सुभचिन्तक हरुले मलाई अझै नजिक बाट बुझ्न र महशुस गर्न सक्नुहुनेछ भन्ने अपेक्षा लिएको बताउनुभयो ।।
भिडियो को निर्माण K B production ले गरेको हो भने यसको निर्देशन ,edit तथा camera को काम बिजेश बज्राचार्यले गर्नु भएको हो भने voiceover तथा script स्वयं गायक तथा संचारकर्मी कपिल कसपाल को रहेको छ ।।कार्यक्रम लाई डाक्टर इवामुरा हस्पिटल भक्तपुर तथा Citizen life Insurance ले प्रायोजन गरेको थियोे ।।
कार्यक्रम लाई राग रागिनी entertainment ले आयोजना गरेको थियोे भने रेडियो मस्ती 87.9 बाट प्रत्यक्ष प्रशारण गरेको थियोे ।।कार्यक्रम को संचालन गायक तथा भक्तपुर साङीतिक समाजका अध्यक्ष प्रबिण शाही ले गर्नुभएको थियो ।।

Loading...