सस्तो र गुणस्तरीय सेवाहरू दिईराखेका छौं- बिष्णुराज कार्की, अध्यक्ष,मध्यपुर अस्पताल प

0
97

सस्तो र गुणस्तरीय सेवाहरू दिईराखेका छौं- बिष्णुराज कार्की, अध्यक्ष,मध्यपुर अस्पताल प्रा .ली.

१)तपाइँको परिचय दिनुहोस् न।

बिष्णुराज कार्की । मध्यपुर अस्पतालको अध्यक्ष।

२)तपाईं मध्यपुर अस्पतालको अध्यक्ष हुनुहुन्छ। यो कोभिड -१९ को महामारी ब्यबस्थापनका लागि कसरी अघि बढ्नु भएको छ?
– हाम्रो अस्पतालले सरकारको निर्देशनलाई पूर्ण पालना गर्दै कोभिड १९ युनिट गठन गरेका छौं। जस अन्तर्गत २० शैय्या छुट्याएर अाईसियु र भ्यान्टीलेटरको समेत ब्यबस्था गरेका छौं। महामारी नफैलियोस भनेर अस्पतालको गेट देखि कोठा,कोठा स्यानिटाईज गर्ने गरेका छौं। बिरामी भेट गर्न अाउने समेतलाई ज्वरो नाप्ने र स्यानिटाईज गर्ने गरेका छौं। कोभिड -१९ को जनचेतनामुलक कार्यक्रमहरू स्थानीय निकायहरूसँग समन्वय गरेर गर्दै अाएका छौं।

३)मध्यपुर अस्पतालले कस्ता कस्ता सेवाहरू प्रवाह गरिराखेको छ नि?
– हाम्रो अस्पतालमा २४सै घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ। बहिरंग तथा अन्तरंग,अल्ट्रासाउण्ड सेवा, दन्तरोग उपचार सेवा,छाती तथा पेट रोग,पत्थरीको शल्यक्रिया,मानसिक रोगको उपचार,यौन तथा चर्म रोग,युरोलोजी ,न्यूरोलोजी,बालरोग, नाक,कान घाँटी,मुटुरोग,प्रसुती तथा स्त्री रोग उपचार,नसा तथा हाड जोर्नीरोगको उपचार,कस्मेटिक तथा प्लास्टिक शल्यक्रिया, सामान्य चिकित्सा,अनकोलोजी,फिजियोथेरापि ,रेडियोलोजी,इको कार्डियोग्राफि, कलर डप्लर,पि.एफ.टी ,१२ हप्ता सम्मको सुरक्षित गर्भपतन सेवा, अाँखा रोग उपचार,निसन्तान दम्पती परामर्श सेवा,अाईयुअाई ल्याब सेवा,कम्प्युटराईज्ड एक्स रे सेवा, ल्याब परिक्षण सेवा,फार्मेसी सेवा, अल्ट्रासाउण्ड सेवा,एम अार अाई सेवा,सिटि स्क्यान सेवा लगायत विभिन्न रोगहरूको शल्यक्रिया सेवाहरू उपलब्ध रहेको छ। अस्पतालमा भक्तपुरमै पहिलोपल्ट 4d usg सेवा सञ्चालित छ।

४) बजारमा त मध्यपुर अस्पताल भरिकै महंगो अस्पताल भन्छन् नि।
– बजारमा चलेको हल्ला मात्रै हो। नीजि स्तरबाट चलेको अस्पताल हुनाले सरकारी अस्पताल भन्दा चाहिँ केही महंगै हो। हामीले नाफा मुखी भन्दा पनि सेवा मुखी भएर सस्तो र गुणस्तरीय सेवाहरू दिईराखेका छौं।तपाईं अरु नीजि अस्पतालहरूमा गएर बुझ्नुस् अरु अस्पतालको भन्दा सस्तो पाउनु हुनेछ।

५)गरीब तथा असाह्य बिरामीहरूले कसरी उपचार गर्ने त तपाइँको अस्पतालमा?
– सरकारले सहुलियत दिनु भनेका रोगीहरूलाई स्थानीय निकायहरूको सिफारिसमा उपचार गरिदिने गरेका छौं। अस्पतालमा अाएका उपचारनै गर्न नसक्ने बिरामी रैछन् भने अस्पतालले नै विशेष सहुलीयतमा उपचार गर्दिने गरेको छ।
६)तपाईं नेता पनि हुनुहुन्छ।मेयरको उमेदबार पनि भईसक्नु भएको छ।तपाइँको अस्पतालमा राजनैतिक अास्थाका अाधारमा बिरामीको उपचारमा विभेद त गरिदैँन।
– राजनैतिक अास्था कुनै पनि ब्यक्तिमा रहन्छ। संस्थाभित्र त्यो लागू गरिदैन। संस्थाभित्र बिशुद्ध समाज सेवा गरिन्छ। त्यसैले अस्पताल पनि बिशुद्ध सेवामुखी सामाजिक संस्था हो। यहाँ राजैतिक अास्थाका अाधारमा कुनैपनि विभेद गरिँदैन। बिरामीलाई जतिसक्दो चाँडो उपचार सेवा दिएर ज्यान जोगाईदिनु अस्पतालको कर्तब्य रहन्छ।त्यसै अनुरुप अस्पतालले सेवा दिँदै अाएको छ।

७) अस्पतालको सेवा बिस्तार सम्बन्धी भाबि रणनीति के छ?
– हामीले निकट भबिष्यमै १०० बेडको अस्पताल सञ्चालन गर्न लागेका छौं। हाल ५१ शैय्या सञ्चालमा रहेको छ। सय शैय्याको लागि सबै प्रकृयाहरू पूरा गरिसकेका छौं। मृगौला रोगीहरूको उपचारकालागि ६ बेडको डाईलासिस सेवा पनि दिन लागेका छौं।

८) अन्तमा…
– गुणस्तरीय उपचार सेवाका लागि सधैं मध्यपुर अस्पताललाई सम्झिनुहोला। कोभिड-१९ लाई सामान्य नसम्झिनु होला। विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशनलाई पूर्ण पालना गर्नुहोला। कोरोना पोजेटिभ अाईहाले पनि नडराई अात्मबल बढाएर जनस्वास्थ्यका निर्देशन पालना गरे चाँडै निको भईन्छ। म पनि कोरोना पोजेटिभ भएर निको भएको ब्यक्ति भएर भन्दैछु जनस्वास्थ्यको निर्देशन अनिबार्य पालना गर्नुहोस्।