समाज सेवा र पार्टी बलियो बनाउन नेपाल तरुण दल भक्तपुर लागिपरेको छ- अध्यक्ष राजु थापा

0
118
तरुण दलका जिल्ला अध्यक्ष राजु थापा
* अचेल कता ब्यस्त हुनुहुन्छ ?
– पार्टीको कार्यक्रमलाई सहयोगीको भूमिका निर्वाह गर्दैमा ब्यस्त छु।
* भक्तपुरमा लामो समयसम्म तरुणदलले नेतृत्व नपाएको विषम् परिस्थितिमा अध्यक्ष बन्नु भयो। तपाईं अध्यक्ष हुनु भन्दा अघि भक्तपुरको राजनैतिक अबस्था कस्तो थियो?
– नेपाल तरुण दल भनेको नेपाली कांग्रेसको खम्बा हो। लामो समय तरुण दल गठन नहुँदा साँच्चै नेपाली कांग्रेस भक्तपुर कतै न कतैबाट कमजोर हुनु स्वभाबिकै थियो। स्थानीय निर्वाचन र संघीय तथा प्रदेश निर्वाचनमा बिपक्षले दोहोरयाई तेरयाई भोट हाल्दा नि टुलुटुलु हेरेर बस्न बाध्य थियौं। जसका कारण नेपाली काँग्रेस पराजित हुन पुग्यो। बिपक्षी दलका भातृ संगठनहरूको चन्दा आतंक,गुण्डा गर्दि ब्याप्त थियो।
*तपाईं अध्यक्ष भएपछिको अबस्था कस्तो छ नि?
– नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले मलाई भक्तपुरको जिम्मा दिएपछि भक्तपुरमा बिपक्षी दलको भातृ संगठनहरूले मच्चाउँदै अाएको चन्दा आतंक बन्द भएको छ भने गुण्डागर्दी पनि रोकिएको छ। पार्टी पनि मजबुत भएको छ। यसको प्रमाणका रुपमा उप निर्वाचनमा प्रदेश सभा सदस्य पदमा कांग्रेसको तर्फबाट कृष्णलाल भडेलको बिजय हो।
* नेपाल तरुण दलको भूमिका के हो त भक्तपुरमा?
– नेपाल तरुण दल भक्तपुरले पार्टिलाई रचनात्मक ढंगबाट सहयोग गरिरहेको छ भने समाज सेवा पनि गरिरहेको छ। क्यान्सर ,मृगौला लगायतका बिरामीलाई अार्थिक सहयोग गरिरहेको छ। अग्नि पीडितहरूलाई पनि सहयोग गर्दै अाईरहेको छ। लकडाउनको बेला मेरै नेतृत्वमा ज्याला मजदुरी गर्नेका परिबारलाई खाद्यान्न बितरण गरेका थियौं।
* कोरोना भाइरसको महामारीमा तरुण दललाई कसरी अघि बढाइ रहनु भएको छ नि।?
– कोरोना भाइरस (कोभिड-१९) बाट विश्व आक्रान्त छ। यसबाट नेपाल पनि अछुतो छैन।लाखौं जना संक्रमित भईसके भने सयौंको मृत्यु भईसक्यो। रोगले भन्दा भोकले जनता नमरुन् भनेर खाद्यान्न बितरण गर्यौं। अग्रमोर्चामा खटिने रेडक्रस कर्मी र पुलिसहरूलाई संक्रमण नगरोस् भनेर मास्क,स्यानिटाइजर,पञ्जा र पिपिई लगायतका स्वास्थ्य सामग्री बितरण गरिसकेका छौं। कोभिडको संक्रमण नफैलियोस् भनेर जनतालाई जनचेतना जगाउँदै आएका छौं।
* सरकार बिरुद्ध पार्टीको बिरोध कार्यक्रमलाई पनि सघाउँदै अाउनु भएको त छ नि।
-भक्तपुर नेपाली कांग्रेसले गर्दै अाएको कार्यक्रममा अग्र मोर्चामा रहेर सघाउँदै आएको छ। बिरोध सभा होस् या ज्ञापन पत्र बुझाउने कार्यक्रम। कार्यक्रमलाई भब्य र सभ्य बनाउन भक्तपुरमा नेपाल तरुण दलले अग्रेणी भूमिका खेलेको छ।
* प्रधान मन्त्रीको असम्बैधानिक कदमको बिरोध कार्यक्रम १३ गते छ क्यारे। तरुण दलको भूमिका कस्तो रहने छ?
– प्रधान मन्त्रीले असम्बैधानिक ढंगबाट संसद् बिघटन गरेका छन्। यो असम्बैधानिक र अलोकतान्त्रीक कदमको बिरोध नेपाली कांग्रेसले पनि गरेको छ।यसैकारण भक्तपुरमा दुबै क्षेत्रमा बिरोधका कार्यक्रम तय गरेको छ। क्षेत्र नम्बर २ मा संयोजक गणेशमा चक्रधर हुनुहुन्छ भने १ मा बाबुराजा जोसी हुनुहुन्छ। क्षेत्र नम्बर २ मा पार्टीका केन्द्रीय सभापति सेरबहादुर देउबा प्रमुख अतिथिका रुपमा उपस्थित हुनु हुनेछ। त्यसैकारण क्षेत्र नम्बर २ मा म अाफैं नेतृत्व लिएर रयाली ब्यबस्थापन र बिरोध सभा भब्य बनाउन लागिरहेको छु। क्षेत्र नम्बर १ मा भने नगर सभापति गोबिन्द थापा लगायतले सहयोग गर्नु हुनेछ। क्षेत्र नम्बर १ मा भक्तपुर नगरपालिका कार्यालय अगाडि बिरोध सभा हुनेछ भने क्षेत्र नम्बर २ मा शंखधर चोकमा बिरोध सभा हुनेछ। नेपाल तरुणदलले कसैलाई अबरोध नपुरयाउने गरी पार्टीको कार्यक्रमलाई भब्य बनाउन सहयोग गर्ने छ।
* अन्त्यमा
– समाज सेवा र पार्टी बलियो बनाउन नेपाल तरुण दल भक्तपुर लागि परेको छ।हाम्रो उद्देश्य चन्दा अातंक र गुण्डागर्दि रोक्नु हो। बिरामी र असायहरूलाई सहयोग पुयाउनु हो । पार्टीका हरेक गतिबिधीलाई रचनात्मक ढङ्गबाट सहयोग पुरयाउनेछौं। यही पौष १३ गते हुने कार्यक्रममा केन्द्रीय सभापति आउँदै हुनुहुन्छ। वडा, नगर, प्रदेश र जिल्लाका सबै तरुण दलका पदाधिकारीहरूलाई उपस्थित भएर स्वयम् सेवीको भूमिका निर्बाह गर्न आह्वान गर्दछु। धन्यबाद