केएमसी अस्पताल नजिकै अबैध मदिरा कारखाना,प्रहरीले नष्ट गरयो १३ सय लिटर मदिरा

0
86

भक्तपुर ।  चाँगुनारायण नगरपालिका वडा नम्बर २ दुवाकोटमा रहेको केएमसी अस्पताल नजिकै रहेको दुईवटा टहरामा अबैध मदिरा बनाउने कारखाना प्रहरीले फेला पारेको छ।

अबैध मदिरा बनाउन तयारी अबस्थामा रहेको कच्चा मदिरा १३ सय लिटर नष्ट गरेको छ।

चामलको जाँड(छ्याङ) बनाउन मर्चा सहितको ३० पाथी चामलको भात पनि नष्ट गरेको छ भने तुङ्बा बनाउन तयारी अबस्थामा पोका पारिएको कोदोको पोका ७०थान१५० केजी बराबर पनि नष्ट गरेको छ।

अबैध मदिरा बनाउन प्रयोग भएका सामानहरू जफत गरिएको बताउँदै दुवाकोट प्रभागका प्रमुख प्रनानी निलबहादुर गिरीले पहिलो पल्ट सम्झाईबुझाई मदिरा उत्पादन गर्नेहरूलाई छाडिएको बताए।

उनले फेरि अबैध मदिरा बनाए कानुन बमोजिम कारबाहि गर्ने जानकारी दिए।

वडा नम्बर २ का नगर सभा सदस्य मोहन पौडेलले समाजमा बिकृति ल्याउने अबैध धन्दा बन्द गर्नु पर्ने बताउँदै अबैध मदिरा उत्पादनमा खर्च गर्नु भन्दा अन्य आयमूलक कार्यमा खर्च गर्न आग्रह गरेका थिए।

Loading...