भक्तपुर कालोपाटी नजिक पाँच तलबाट खसेर एकको मृत्यु

0
67

भक्तपुर । भक्तपुरमा गाह्रो लगाउने क्रममा खसेर महोत्तरीका एक मजदुरले ज्यान गुमाएका छन् । ज्यान गुमाउने ब्यक्ति ३५ वर्षिय पुरुष डम्बर मगर हुन् ।

आइतबार दिउँसो करिब पौने २ बजेको समयमा उनी भक्तपुर २ कालोपाटीस्थित सुनिल थिमीको ५ तले पक्की घरको बाहिरी इट्टाको गाह्रो लगाउने क्रममा खसेर घाइते भएका थिए । महोत्तरी बर्दिबास घर भई हाल सूर्यविनायक ५ कटुन्जे बस्ने डम्बर मगर अचानक ५ तला माथिबाट लडी भुइ तलामा बजारिदा गम्भिर घाइते भएका र उपचारको लागी डा।इवामुरा अस्पताल पुर्याइएकोमा सम्बन्धित चिकित्सकले मृत्त घोषणा गरेका डिएसपी दिपक गिरीले जानकारी दिए ।

घटनास्थलमा महानगरीय प्रहरी परिसर, भक्तपुरबाट इन्स्पेक्टर सुदन के।सीको कमाण्डमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटी गई घटनाको सम्बन्धमा अनुसन्धान गरेको छ । घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

Loading...