घरेलु तथा साना उद्योग संघको अध्यक्षमा प्रेम खर्बुजा

0
1

भक्तपुर । भक्तपुर घरेलु तथा साना उद्योग संघको १५ औं जिल्ला अधिवेशनले प्रेमकृष्ण खर्बुजालाई अध्यक्षको जिम्मेवारी सुम्पेको छ
भक्तपुर घरेलु तथा साना उद्योग संघको अधिवेशनले खर्बुजाको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
जसअनुसार उपाध्यक्षमा राजकुमार प्रजापति र पदेन उपाध्यक्षहरुमा लक्ष्मीप्रसाद कवां, कृष्णसुन्दर श्रेष्ठ, चित्रा किसी र कृष्णहरि खत्री रहेका छन् ।
त्यस्तै सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहसचिवमा सृजना प्रजापति र कोषाध्यक्षमा हरिगोपाल त्वायना निर्वाचित भए । कार्यसमिति सदस्यहरुमा कृष्णराम ग्वाछा, कृष्णमान प्रजापति, रविन माक, मञ्जु दुवाल, सोमलता वैद्य, नवराज तिमिल्सिना र तुलसीदेवी लाखा रहेका छन् ।
संघको विधानअनुसार निवर्तमान अध्यक्ष पनि कार्यसमिति सदस्य रहने व्यवस्था छ । अधिवेशन सम्पन्न गरेका अध्यक्ष वीरेन्द्र जती निवर्तमान भएका छन् ।
यसैगरी संघअन्तर्गतको महिला उद्यमी समितिको सभापतिमा देवका श्रेष्ठ चुनिएकी छिन् । समितिको १४ औं जिल्ला अधिवेशनले उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चुनिएको हो ।
जसअनुसार समितिको उपसभापतिमा कमलश्वरी खर्बुजा, सचिवमा सुचिता सैंजू र कोषाध्यक्षमा रुपा श्रेष्ठ रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा कृष्णा प्रजापति, दयालक्ष्मी प्रजापति, रमिला प्रजापति, तारादेवी धन्छा, सुमित्रा श्रेष्ठ, प्रतिमा अणु, सृजना प्रजापति र लक्ष्मी महर्जन रहेका छन् ।
भक्तपुरका ६ सयभन्दा बढी घरेलु तथा साना उद्योगी व्यवसायीहरु संघमा आवद्ध रहेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध संघले चालू आर्थिक वर्षभित्रै भक्तपुरका चारवटै नपामा नगर समिति बनाउने उद्देश्य राखेको नवनिर्वाचित अध्यक्ष खर्बुजाले जानकारी दिए ।
उक्त उद्देश्यअनुसार नवनिर्वाचित पदाधिकारीहरुमध्ये चार जनालाई चारवटा नपामा नगर समिति गठन गर्ने जिम्मेवारीसमेत दिइएको उनले बताए ।

Loading...