सिलाई प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण

0
0

मध्यपुर थिमि – सिद्धिकाली सलाई प्रशिक्षण केन्द्रको आयोजनामा सिलाई प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
केन्द्रका अध्यक्ष्ँ सुष्मा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले उद्घाटन गर्नु भएको थियो ।
विगत तिन महिनादेखि मध्यपुर थिमिका महिलाहरुलाई लेबल १ र २ सिलाई प्रशिक्षण दिएको थियो । प्रशिक्षण लेबल १ मा गंगा अवाल र लेबल २ मा तुल्सीकृष्ण श्रेष्ठ र सुष्मा श्रेष्ठ प्रशिक्षण दिनु भएको थियो ।
उक्त प्रशिक्षणमा सहभागी ४० जना प्रशिक्षार्थी महिलाहरुलाई प्रमुख अतिथि उपप्रमुख अञ्जनादेवी मधिकर्मी र पूर्व मेयर मदनकुष्ण श्रेष्ठले प्रमाणपत्र वितरण गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक तुल्सीकृष्ण श्रेष्ठ, गोरी इन्टरनेशनल टेक्निकल ऐकेडेमी प्रा.लि.का अध्यक्ष राजेन्द्र राउट, मध्यपुर थिमि नपा वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, पूर्व मेयर मदनकृष्ण श्रेष्ठ र प्रमुख अतिथि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम सांगितिक प्रस्तुतिका साथै आफूहरु सिकेका कपडाका पोशाकहरु पनि प्रदर्शनीमा राखिएको थियो ।

Loading...