जैविक तथा विषाक्त हतियार विकास र उत्पादन नेपालका लागि समेत खतरा : सरोकारवाला

0
30

काठमाण्डौं । जैविक तथा विषाक्त हतियार विकास उत्पादन र भण्डारण मुलुकहरुका कारण नेपाल पनि खतरामा रहेको सरोकारवालाहरुले बताएका छन् । राष्ट्र निर्माण मञ्चले आयोजना गरेको उक्त हतियारहरु प्रतिबन्ध लगाउने महासन्धि दिवसका अवसरमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममाा विज्ञहरुले आणविक हतियारका कारण नेपाललाई मात्र नभएर पुरै विश्व मानव जगतलाई नै खतरा भएको बताएका हुन् ।


नेपाल आणविक हतियार उत्पादन तथा यो संग सम्वन्धित कुनै पनि क्रियाकलापमा संलग्न नभएपनि हाम्रा दुई ठुला छिमेकी देश यसको उत्पादन भण्डारण तथा विकासमा जुटेका छन् जसको असर नेपाललाई पनि पर्ने सहभागिहरुको भनाई थियो ।
आणविक हतियार निषेध सम्बन्धि सन्धिमा हाल सम्म ५१ देशले हस्ताक्षर गरेका छन् । जसमा नेपाल पनि एक देश हो । तथापी नेपालमा यो सन्धिका सवालमा संसदमा अनुमोदनका लागि कुनै पनि कार्य नहुनु आफैमा दुःखदायी कुरा भएको सहभागिहरुले बताएका थिए ।

एफएनबी नेपालले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिपक प्रकास भट्टले आणविक हतियार र विश्व परिवेशका सम्वन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


आणविक हतियार निषेध सन्धिका सम्वन्धमा हामीले ठोस निती ल्याएर अगाडी बढन सके हाम्रो कदमले विश्व परिवेशमा ठूलो महत्व नलिएपनि अरु देशहरुलाई यो सन्धिका सम्वन्धमा कदम चाल्न प्रेरण तथा दवाव भने हुने एफएनबी नेपालका अध्यक्ष निर्मल कुमार भट्टराईले बताउनुभयो । उहाँका अनुसार हाल हाम्रा ठुला छिमेकीको सस्त्र अस्त्रको होडवाजीले हामीलाई पनि खतरा छ यो सोचनिय विषय हो । नेपालले सन २०१७ मा नै यो सन्धिमा हस्ताक्षर गरेको भएपनि यो विषय संसद सम्म प्रवेश गर्न नसक्नु आफैमा सोचनिय विषय भएको उहाँको धारण थियो ।


एफएनबी नेपालले आयोजना गरेको आणविक हतियार निषेधका सवालमा सरोकारवालारु सँगको अन्तरक्रिया नेपालमा पहिलो पटक भएको तथा आयोजना गरेको उक्त कार्यक्रम आफैमा महत्वपूर्ण भएको कार्यक्रममा सहभागी सम्पूर्णले जनाएका थिए ।

Click to access NP_BWC_text_Nepali.pdf

Loading...