तेमाल गाउँपालिका दोस्रो अध्यक्ष कप फुटवल हुने

0
43

तेमाल । तेमाल गाउँपालिका कप फुटबल प्रतियोगिता हुने भएको छ । तेमाल गाउँपालिका स्तरिय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हुन लागेको हो ।
तेमालको वडा नम्वर ७ चापाखोरी प्रस्तावित रगंशालामा तेमालका वडा ब्यापी  फुटबल प्रतियोगिता हुन् लागेको तेमाल गाउँपालिका उपाध्यक्ष एवं खेलकुद विकास समिति अध्यक्ष दुर्गा माया तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका ब्यापी फुटबल प्रतियोगितामा गाउँपालिका भित्रका सवै वडाका एक एक टिम भिड्ने छन् ।
नक आउट चरणमा खेलाईने खेल खेलाईने उहाँले जानकारी दिनुभयो ।
खेलमा प्रथम हुनेलाई रु दुई लाख नगद दोस्रो हुनेलाई एक लाख पचास हजार तेस्रो टिमलाई एक लाख नगद सहित सम्मान समेत गरिने खेलकुदा विकास समितिका उपाध्यक्ष सूर्य लामाले जानकारी दिनुभयो । यस्तै खेलमा सानत्वना बापत नगद रु पचास हजार र बेस्ट किपर तथा वेस्ट खेलाडीलाई नगद रु पाँच पाँच हजारले समेत सम्मान गरिने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार माघ २५ गते देखि २७ गते सम्म हुने खेलका लागि टिम दर्ता वापत पाँच हजार लाग्ने समेत जानकारी दिनुभयो ।
तेमालमा नै यती ठुलो रासीको पुरस्कार सहित गर्न लागेको फुटबल प्रतियोगिताका कारण सम्पूर्ण वडामा खेलको चहलपहल ब्यापक भएको छ । तेमालमा खेलकुदको विकास एवं विस्तार तथा राम्रा खेलाडी उत्पादनका लागि पनि ठुलो धन राशीको खेलकुद प्रतियोगिता गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

Loading...