२८५७ औं लाङ सोनाम ल्होछारको उपलक्ष्यमा भक्तपुरमा विशेष कार्यक्रम हुँदै

0
143

भक्तपुर । तामाङ समुदाय को बिषेश चाड २८५७ औं (लाङ म्हे लहो) गोरु वर्ष सोनाम ल्होछार को उपलक्ष्यमा पुजापाठ,स्वास्थ्य शिविर शुभकामना आदान प्रदान तथा बृहत साँस्कृतिक कार्यक्रम हुदै छ ।
भोली शनिवार अर्थात माघ २४ गते सूर्यविनायक नगरपालिका वडा नम्वर ६ स्थित उर्गेन साङ्गे छ्योईलिङ तामाङ गुम्बामा विभिन्न कार्यक्रम हुन लागेको हो ।
ह्याङला आदिबासी तामाङ समाजको आयोजनामा ल्होछारको अवसरमा विभिन्न कार्यक्रम हुन् लागेको ह्याङला आदिबासी तामाङ समाजका अध्यक्ष कर्मा लोप्साङ लामाले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य शिविर हुने
लोप्साङ लामाका अनुसार कार्यक्रममा विभिन्न स्वास्थ्य शिविरहरु पनि हुने छ । उहाँका अनुसार कार्यक्रममा दन्त शिविर , ल्याव टेस्ट, सुगर प्रेसर,थेरपी, मुटु रोगका विभिन्न रोगहरुको निःशुल्क उपचार पनि हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा हुने स्वास्थ्य शिविरको पूर्ण रुपमा लाभ उठाउन उहाँले सबैमा आग्रह गर्नुभयो ।
शिविर विहान देखि नै हुने आयोजकले जानकारी दिनुभएको छ ।

गुम्वामा भोली देखि लगातार पुजा आजा हुने
गुम्वामा भोली देखि नयाँ वर्ष सम्म अर्थात ल्होछारको दिन सम्म ध्यासी फाल्ने पुजा आजा समेत हुने ह्याङला आदिबासी तामाङ समाजका सह सचिव नरेस वाइवाले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ वर्षको अवसरमा वर्ष भर हामीलाई दुःख दिने भुत प्रेत भगाउन लगातार रुपमा विभिन्न पुजाआजाको समेत आयोजना गरिने उहाँले जानकारी दिनुभयो । पुजा विहान सात बजेदेखि सुरु हुने समेत उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बृहत साँस्कृतिक कार्यक्रम हुने
ल्होछार पर्वको पूर्व सन्ध्यामा हुन लागेको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले आफ्नो प्रस्तुती राख्नुहुने भएको छ । कार्यक्रममा वरिष्ठ सेलो गायक तथा संगीतकार चन्द्र कुमार दोङ, तामाङ कलाकार संघका अध्यक्ष सञ्जीब वाइवा, सुक्र दोङ, कुमार तामाङ, अग्नी सा लामा, विरे तामाङ, अविशेक लामा लगाएतका विभिन्न कलाकारहरुले आफ्नो जोडदार प्रस्तुती राख्नुहुने छ ।

आफ्नो पहिचान जोगाउनु पर्छ भन्दै काम गर्दै आएको समाजले शनिवार ११ बजे देखि शुभकामना आदान प्रदान तथा साँस्कृति कार्यक्रम गर्ने छ । सूर्यविनायकको मनोरम स्थानमा रहेको गुम्वामा प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा रहनु भएको छ भने कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष रोश्वर ध्वजु विशेष अथिति समाजसेवी राजनकाजी ट्वाटी लगाएतका महानुभावको उपस्थिती रहने आयोजकले जानकारी दिनुभएको छ ।

Loading...