वीर अस्पताल भक्तपुरमा विस्तार गर्न आर्थिक अभाव हुने छैन अर्थ मन्त्री

0
111

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ दुवाकोटमा बन्ने वीर अस्पतालको सुविधासम्पन्न भवन यथा सक्य छिटो बनाउन अर्थको कुनै समस्या नहुने अर्थ मन्त्री विष्णु पौडेलले बताउनुभयो ।
दुवाकोटमा वीस्तार गर्न लागिएको वीर अस्पतालको निर्माण क्षेत्रको अवलोकन गर्दै उहाँले वीर अस्पताल विस्तारका लागि कुनै पनि निकायवाट बाधा नहुने बताउनुभएको हो ।
उहाँले वीर सम्म पुग्ने बाटो निर्माणमा केन्द्रले नै काम गर्ने तथा छ महिना भित्रमा विजुली पानी तथा अत्याआवश्यक चिजको विस्तारको काम सम्पन्न गर्ने समेत उहाँले बताउनुभयो ।
उहाँले सडक डिभिजन, विद्युत प्राधिकरण,खानेपानी तथा अन्य निकायका सचिव तथा सम्वन्धित न्याम्स तथा वीरका पधाधिकारीहरुलाई साथै स्थानीय निकायका प्रमुखलाई पनि छ महिना भित्र प्रगती प्रतिवेदन पेश गर्न आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा स्वास्थ्य मन्त्री हृदयस त्रिपाठीले वीर जस्तो ठुलो प्रोजेक्टमा यथा सक्य छिटो काम थालनी गर्न आफूहरु दिलो ज्यान भएर लागेको बताउनुभयो । उहाँले दुवाकोट बासी पछाडी परेका थिए वीर जस्तो ठूलो प्रोजेक्ट भक्तपुरको दुवाकोटमा आउँदा यहाँका बासिन्दा अगाडी भएको बताउँदै यसमा कुनै समस्या भए छिटो समाधान गर्दै काम थालनी गर्न आग्रह गर्नुभयो ।
वीरको काम केहि समय देखि सुतेको अवस्था छ फाइल अगाडी बढेको थिएन र छैन पनि अव यसले निरन्तरता पाउँने स्वास्थ्य राज्य मन्त्री नवराज रावतले बताउनुभायो । उहाँले चाइनिजहरुले भने जस्तै खानेपानी ढल विद्युतको काम छिटो भन्दा छिटो सम्पन्न गर्दै छिटै काम थालनीमा आफूहरु लाग्ने उहाँले बताउनुभयो । विस्तारित वीर अस्पतालको कामले छिटो भन्दा छिटो थालनी पाउने उहाँले बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नम्वर १ मा विस्तार हुन लागेको वीर अस्पतालको लागि सरकारले न्याम्सको नाममा ५७० रोपनी जग्गा दिएको छ । मनोहरा खोला किनारमा अवस्थित उक्त स्थानमा वीरका विभिन्न भवन तथा शैक्षिक संस्थाहरु तथा ल्यावहरु बन्ने छन् । जसका लागि सरकारले चाइनिज कम्पनी सँग सम्झौता गरि सकेको भएपनि चाईनिजले भने ढल पानी विद्युत बाटो लगाएत कुनै पनि भौतिक पूर्वाधार विना आफूहरु काम गर्न नसक्ने भनी पन्छेपछि एक वर्ष देखि काम यतिकै थाँती रहेको थियो ।
आज सोमबार अर्थ मन्त्री , स्वास्थ्य मन्त्री , स्वास्थ्य राज्य मन्त्री, खानेपानी, अर्थ, स्वास्थ्य , सडक लगाएतका सचिब, न्याम्सका उपकुलपती , लगाएत विभिन्न मन्त्रालयका सचिव उपसचिव चाँगुनारायण नगरपालिकाका प्रमुख तथा स्थानीयहरुले विस्तारित हुने विरको स्थानको स्थलगत अवलोकन गर्नुभएको थियो ।

Loading...