उत्कृष्ठ मेकअप सामानका लागि अव कोटेश्वर पारी जानु नपर्ने

0
56

भक्तपुरको दुधपाटीमा नै सबै उपलब्ध
भक्तपुर । भक्तपुर नगरपालिका वडा नम्वर १ दुधपाटीमा मेकअपका सम्पूर्ण सामग्री सहित कस्तुरी कस्मेटिक एण्ड मेकअप स्टुडियो थालनी गरिएको छ ।
अनु गिरीको सक्रियतामा थालनी गरिएको मेकअप स्टुडियोमा उत्कृष्ठ मेकअप तालिमका साथै मेकअपका राम्रा ब्राण्डका सामग्री खरिदका लागि कोटेश्वर पारी सम्म जानु पर्ने झन्झटलाई समेत निराकरण गरेको छ ।


कपालको जुरो बनाउने विभिन्न तालिम तथा मेकअपको सेवा समेत दिदै आएको स्टुडियोले अवका दिनमा मेकअपका विभिन्न सेवाहरु भक्तपुरमा नै दिने संचालक गिरीले जानकारी दिनुभयो ।
एकै छाना मुनी विभन्न परिकारका मःम तथा पिज्जा, ट्याटु एवं विभिन्न व्राण्डका लत्ता कपडा तथा मेकअप तथा हियर स्टाइलका तालिम दिदै आएको समेत उहाँले जानकारी दिनुभयो ।
स्टुडियोको थालनी भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप श्रेष्ठ लगाएत चर्चित नेवारी बाधबाक इन्दिरा लाछिमस्यु, त्यस्तै गंगा नकर्मी ,पद्मा खयल्गोली ,भग्वती खड्का ,कान्छी माया कोजु लगायतका अतिथिहरूले उक्त कस्टुरि कस्मेटिक एण्ड मेकप स्टुडियोको शुभारम्भ गर्नुभएको हो ।

Loading...