माओवादलाई छाडेर जनता समाजवादी पार्टी तिर लागेका बाबुरामले भने जनयुद्धको महायज्ञमा सहभागीहरुमा शुभकामना

0
71

काठमाडौं । माओवादलाई छाडेर जनता समाजवादी पार्टी तिर लागेका बाबुरामले भने जनयुद्धको महायज्ञमा सहभागीहरुमा शुभकामना दिएका छन् ।

जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धको संस्मरण गर्दै महायज्ञमा सहभागीहरुप्रति शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै उनले भनेका छन् ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अग्रणी भूमिका निर्वाह गर्ने माओवादी जनयुद्धको २५ बर्षको उपलक्ष्यमा यस महायज्ञमा ज्यान आहुती दिने महान सहीदहरू,वेपत्ताजन,घाइते योद्धाहरू सबैमा श्रद्धासुमन ।’ राजनीतिक र फौजी लगायत विविध क्षेत्रमा योगदान गर्ने सबैमा हार्दिक वधाइ र शुभकामना भनेका छन् ।

तत्कालीन माओवादीले २०५१ साल फागुन १ गते जनयुद्ध सुरु गरेको थियो । जनयुद्धकै बलमा नेपालमा संविधानसभा निर्वाचन हुँदै गणतन्त्र घोषणा भएको थियो ।

Loading...