ओलीले प्रतिनिधि सभा भंग गरेर सत्ता कव्जा गर्न खोजेः जोशी

0
21

भक्तपुरः प्रधानमन्त्री केपी शर्मा ओली गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकार विरुद्ध प्रर्दशन एवं विरोध सभा गरिरहेको छ ।

नेपाली कांग्रेसले देश भर जिल्ला जिल्लामा तेस्रो चरणको अन्तिम विरोध प्रदर्शन गरेका हुन ।

भक्तपुरमा भएको विरोध सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेर सत्ता कव्जा गर्न खोजेको आरोप लगाए ।

नेकपा भित्रको आन्तरिक कलह केवल सत्ता प्राप्तीको लागि मात्रै भएको बताए । उनले कम्युनिस्टहरु केवल सत्ता कब्जा गर्ने र निरंकुश शासन चलाउन खोज्ने खेलमा लागेका कारण मुलुक अहिले अन्धकारमा धकेलिएको बताए ।

उनले कांग्रेसले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको सूरु देखि विरोध गरिरहेको बताउँदै अदालतले संसद भंग गर्ने निर्णयलाई सदर गरि दिए चुनावमा जान पनि तयार रहेको बताए ।

यदि अदालतले तार्किक कारण सहित संसद भंग भएको आदेश दिएमा बैशाख १७ र २७ गते को चुनाव गर्नैपर्ने बाध्यतामा प्रधानमन्त्री ओली रहेको र चुनाव गराउन सकेन भने देशको लागि अर्को खतरा हुने उनको भनाई थियो ।

नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाईं र नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायतले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम नसच्चिएसम्म आदोलन जारी रहने बताए ।

Loading...